भारतमा चीनबाट हालसम्मकै सामानको उच्च आयात
![भारतमा चीनबाट हालसम्मकै सामानको उच्च आयात](https://rpcdn.ratopati.com/media/albums/INDIA-China_6pQARCPM1D.jpg)
सन् २०२२ को पहिलो नौ महिनामा चीनबाट भारततर्फको आयात ३१ प्रतिशतले बढेर व्यापार घाटा हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । भारतीय पत्रिका ‘द हिन्दु’का अनुसार भारतले यो वर्षको जनवरीदेखि सेप्टेम्बरबीचमा चीनबाट ८९.६६ अर्ब डलर बराबरको सामान आयात गर्यो, जुन हालसम्मकै उच्च हो ।
अघिल्लो वर्ष अर्थात् २०२१ को पहिलो नौ महिनामा भारतले चीनबाट ६८.४६ अर्ब डलर बराबरको सामान आयात गरेको थियो । यसबीच चीनबाट आयातमा वृद्धि हुँदा यही अवधिमा(जनवरी–सेप्टेम्बर २०२२) चीनतर्फ भारतीय निर्यात ३६.४ प्रतिशतले घटेको अखबारले उल्लेख गरेको छ, जुन घटेर १३.९७ अर्ब डलर भएको छ ।
चिनिया सामानको आयातमा भएको वृद्धि अधिकांश पुँजीगत वस्तु वा ‘इनपुट गुड्स’ वर्गमा भएको छ । द प्रिन्टका अनुसार सन् २०११ र २०२१ बीच चीनबाट भारतको पुँजीगत सामानको आयात औसतमा वर्षेनी करिब १० प्रतिशतले बढेको छ । ‘१ अर्ब डलरभन्दा बढीको आयात भएका सबै वस्तुहरूमध्ये सन् २०२२ मा ‘फलाम र स्टिल’को चीनबाट आयातमा तीव्र वृद्धि देखियो । जनवरी–अगस्ट २०२१ मा भारतले ०.७४ बिलियन डलरको फलाम र स्टील आयात गरेको थियो भने सन् २०२२ मा यो संख्या १.१४ बिलियन डलर पुगेको पाइएको छ, जुन ५४ प्रतिशतको वृद्धि हो,’ द प्रिन्टले लेखेको छ ।
द प्रिन्टका अनुसार सन् फलाम र स्टिलपछि प्लास्टिक र तिनका सामानको आयात पनि निकै उच्च रह्यो । त्यस्तै इलेक्ट्रोनिक्स र इलेक्ट्रिक मेसिनरी र तिनका पार्टपुर्जाको आयात पनि ३७ प्रतिशतले बढेको छ । सन् २०१७ को दोक्लाम विवाद यता चीन र भारतबीचको तनावपूर्ण सीमा सम्बन्धका कारण भारतमा केही अतिराष्ट्रवादी समूहहरूले चिनियाँ सामान बहिष्कार गर्न आह्वान गरेका थिए । सन् २०२० मे ५ देखि लद्दाखमा चलिरहेको विवाद अझै सल्टिएको छैन । पछिल्लोसमय लद्दाख विवादपछि भारत सरकार आफैले टिकटकदेखि कयौं चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाएको छ । तर यी बहिष्कारका बाबजुद तथ्याकंले भने भारतमा चिनियाँ सामानको प्रयोग र उपभोग निरन्तर फस्टाएको देखाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि
-
मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह