आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

भुटानलाई हराउँदै नेपाल शीर्ष स्थानमा

बुधबार, २३ कात्तिक २०७९, २१ : ३४
बुधबार, २३ कात्तिक २०७९

साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपाल शीर्ष स्थानमा उक्लेको छ । बुधबार भएको खेलमा भुटानलाई १–० गोल अन्तरले हराउँदै नेपालले शीर्ष स्थानमा उक्लेको हो ।

ढाकामा नेपालको जितमा सेनु परियारले निर्णायक गोल गरिन् । सेनुले खेलको ४९ औं मिनेटमा गोल गरेकी हुन् । भुटानमाथि नेपालको यो लगातार दोस्रो जित हो । पहिलो भेटमा नेपालले भुटानलाई ७–० गोलले हराएको थियो ।

जितसँगै नेपालले ३ खेलमा पराजित रहँदै ९ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । भुटान अंक विहीन रहदै प्रतियोगिताबाट बाहिरिएको छ । बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप