सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

देश भक्तिले भरिएको गीत ‘हात मिले माटो बन्छ मनिलो’ सार्वजनिक

बुधबार, २३ कात्तिक २०७९, २० : ४४
बुधबार, २३ कात्तिक २०७९

देश भक्तिको भावनाले भरिएको राष्ट्रिय गीत ‘हात मिले माटो बन्छ मनिलो’ सार्वजनिक भएको छ । लोकप्रिय गायक गायिका यम बराल र माण्डबी त्रिपाठीको स्वर रहेको गीतको शब्द टिएन आचार्यले कोरेका हुन् ।

देशका लागि जीवन अर्पण गर्ने महान् सहिद र देश बनाउन अहोरात्र मिहिनेत गर्ने श्रमजीवीप्रति समर्पित गीतले सबैले एकजुट भएर हात मिलाए मात्र देश बन्ने कुरोमा जोड दिएको छ । सबै मिले मात्र समाजवादको बाटो दरिलो हुने भावना समेत गीतले व्यक्त गरेको छ ।

रोमान्टिक लोकशैलीमा तयार गीतमा इतिहासको बलिदानले गणतन्त्र आएको र समावेशी र समाजवाद राम्रो भएको वर्णन गरेको छ । अन्यायको विरुद्धमा लड्ने नेपाल हिमाल, पहाड र तराई मिलेर बनेको समेत चर्चा गरिएको गीतमा इतिहासले नपुगेकोले बर्तमानमा देश बनाएर संवृद्धि ल्याउनुपर्ने भावना समेत समेटिएको छ । 

देशलाई कृषि, उद्योग, पर्यटनमा सक्षम बनाउनुपर्ने भावना पनि समेटिएको गीतले चुनावमा कुशल, राम्रा र सक्षम नेता छान्न समेत प्रेरित गरेको छ । गीतको भिडियो पनि आकर्षक बनेको छ । गीतले सबै मिलेर देश राम्रो बन्न सक्ने भावना जगाउन सफल छ । चेतन सापकोटाको संगीत रहेको गीतमा महाराज थापाको संगीत संयोजन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप