बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार सरोजराज अधिकारी मृत फेला

बुधबार, २३ कात्तिक २०७९, २० : ३५
बुधबार, २३ कात्तिक २०७९

पत्रकार सरोजराज अधिकारी मृत भेटिएका छन् । काठमाडौंको सुन्धारास्थित होटल सिद्दार्थमा उनी मृत अवस्थामा भेटिएका हुन् । घटनास्थलमा उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरू पुगेर अनुसन्धान शुरु गरेका छन् । 

होटलको एक कोठामा फ्यानमा झुन्डिएको अवस्थामा उनी मृत भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । कात्तिक २१ बाट उनी सो होटलमा बसेको थाहा भएको छ । 

चक्रब्युहमा चन्द्रसुर्य पुस्तकका लेखक अधिकारीले लामो समय कान्तिपुर दैनिकमा काम गरेका थिए । चक्रब्यूहमा चन्द्रसुर्य बाहेक उनका धम्बोझी, रुपबजारकी नोरा र जासुसीको जालो पुस्तक प्रकाशित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप