शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङ ३ (१) मा कांग्रेसबाट अब को उम्मेदवार ?

बुधबार, २३ कात्तिक २०७९, १९ : ५०
बुधबार, २३ कात्तिक २०७९

मोरङ क्षेत्र नम्बर ३ (१) मा कांग्रेसबाट उम्मेदवार बनेका शेखरचन्द्र थापाको निधन भएसँगै अर्को उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले समय तालिका सार्वजनिक गरेको छ । निर्वाचन आयोगले बिहीबारका लागि समय तालिका सार्वजनिक गरेसँगै उम्मेदवारबारे चर्चा सुरु भएको हो । 

स्रोतले दिएको जानकारी अनुसार प्रदेशसभाका निवर्तमान सांसद सूयर्माराज राई र शनिश्चरेका पर्शु कार्कीमध्ये एक जना उम्मेदवार बन्ने सम्भावना देखिएको छ । २०७४ सालको निर्वाचनमा बाम गठबन्धनलाई पराजित गरेर सोही क्षेत्रबाट प्रदेशसभाका सांसद बनेका राई काँग्रेस संसदीय दलका प्रमुख सचेतकसमेत भएका थिए । यसपटक पनि उनै राई उम्मेदवार बन्ने सम्भावना भइरहँदा पार्टीको संस्थापन पक्षको अनिच्छाका कारण थापा उम्मेदवार बनेका थिए । थापासँगै त्यसबेला काँग्रेसको क्षेत्रीय समितिले राई, पर्शु कार्की र सुशील राईको नाम सिफारिस गरेको थियो । हाल चर्चामा रहेका सुशील र कार्की संस्थापन पक्षका हुन् ।

सूर्यमाराज राईले आफ्नो उम्मेदवारमा दाबी कायम रहेको बताए । ‘यसअघि अनुकूल परिस्थितिमा पनि मैले उम्मेदवार बन्छु भनेको थिएँ । अहिले प्रतिकूल परिस्थितिमा पनि पार्टीले जिम्मा दिए बहन गर्न तयार छु भनेर मैले पार्टीका नेतालाई स्पष्ट भनेको छु,’ सूयर्माराज राईले भने, ‘विगत ५ वर्षे कार्यकालमा पनि प्रदेशसभामा मैले राम्रै भूमिका खेलेको हुँ भन्ने लागेको छ ।’ यता, संस्थापन पक्षका एक नेता भने सुशील राई र पर्शु कार्कीमध्ये एक जनाले टिकट पाउने सम्भावना रहेको बताउँछन् । शेखरचन्द्रले उम्मेदवारी दिएसँगै सूयर्माले असहयोग सुरु गरेको कारण स्थानीय काँग्रेसीहरु उनको विपक्षमा जानसक्ने उनको भनाइ छ । यता, थापाकी श्रीमती लक्ष्मी कार्की थापालाई उम्मेदवार बनाउनु पर्ने विषयमा पनि चर्चा सुरु भएको छ । केही गठबन्धन दलका नेताहरुले भने काँग्रेसमा अत्यधिक अन्तरविरोध देखिएकोले माओवादीका नेता तथा संविधानसभा सदस्य लालबाबु सुस्लिङ मगरलाई उम्मेदवार बनाउँदा राम्रो हुने सुझाव पनि दिन थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप