शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मेटमणि चौधरीमाथि कारबाही गर्न निर्वाचन आयोगलाई पत्राचार

बुधबार, २३ कात्तिक २०७९, १९ : ३२
बुधबार, २३ कात्तिक २०७९

मधेसी आयोगले सहरी विकास मन्त्री मेटमणि चौधरीलाई कारबाही गर्न निर्वाचन आयोगलाई पत्राचार गरेको छ । दाङ १ मा गठबन्धनबाट उम्मेदवार रहेका चौधरीलाई कार्तिक २१ गतेको एक टेलिभिजनबाट प्रसारित कार्यक्रममा मधेसीविरुद्ध अपमानजनक अभिव्यक्ति दिएको भन्दै मधेसी आयोगले कारबाहीका लागि पत्राचार गरेको हो ।

चौधरीले मधेसी समुदायलाई ‘विवेकहीन र चेतना नभएको समुदाय रहेको’ जस्तो विभेदपूर्ण र जातीय विभेदमा केन्द्रित भाषण गरेको भन्दै आयोगमा उजुरी परेको छ ।-न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप