बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्प पीडित परिवारलाई राहत दिन कांग्रेसको माग

बुधबार, २३ कात्तिक २०७९, १९ : ०९
बुधबार, २३ कात्तिक २०७९

डोटीमा भूकम्पले घर भत्किँदा पुरिएर मृत्यु भएका परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले बुधवार एक विज्ञप्ति जारी गर्दै तत्काल आवश्यक राहत र पुनर्स्थापनामा गर्न सम्बन्धित निकायसँग माग गरेका हुन् ।

कांग्रेसले घाइतेहरूको उचित उपचारको व्यवस्थाका साथै पीडित परिवारलाई बसोबास र राहत उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेको छ । बुधवार बिहान २:१२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रबिन्दु भएर आएको ६.६ म्याग्नेच्युटको भूकम्पले डोटीमा ठूलो क्षति पुर्‍याएको छ । भूकम्पले घर भत्किँदा पूर्वचौकी गाउँपालिका गैराका ६ जनाको मृत्यु भएको छ ।

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप