भूकम्पबाट भएको क्षतिप्रति उपराष्ट्रपतिद्वारा दुःख व्यक्त
बुधबार, २३ कात्तिक २०७९, १७ : ५५
उपराष्ट्रपति नन्दबहादुर पुनले डोटीलाई केन्द्रविन्दु बनाई गएको भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले भूकम्पले घर भत्कँदा निधन भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उपराष्ट्रपतिले भूकम्पमा परी घाइते भएकाको उपचार तथा विस्थापितका लागि उचित बसोबास र खाद्यान्न व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले भूकम्प लगायत सम्भावित प्राकृतिक विपतबाट बच्न तथा कम क्षतिका लागि पूर्व तयारीमा ध्यान दिनसमेत ध्यानाकर्षण गराउनुभएको उपराष्ट्रपतिको प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्चेस्टर सिटीको च्याम्पियन्स लिग यात्रा धरापमा
-
बिहीबार आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कसको दर कति ?
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म