पञ्चेश्वर र पश्चिम सेती परियोजना बनाउँछौं : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत परियोजना निर्माण प्रक्रिया अघि बढिसकेको र पञ्चेश्वर परियोजना निर्माण सुरु भइसकेको बताएका छन् । बैतडीको पाटनमा बुधवार आयोजित चुनावी आमसभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
सेती र महाकाली नदीमा उत्पादन भएको विद्युतले देशको अर्थतन्त्र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका लागि भारत सरकार सकारात्मक देखिएकाले उक्त बहुउद्देश्यीय परियोजनाको काम आगामी सरकारले सुरु गर्ने प्रतिबद्धता जनाए । उनले विकास निर्माणका लागि आगामी ४ मंसिरमा हुने निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवाहरूलाई विजयी गराउन पनि आग्रह गरे ।
कार्यक्रममा सहभागी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी सरकार पनि वाम लोकतान्त्रिक गठबन्धनको बने सुदूरपश्चिमको विकासलाई प्राथमिकता दिने बताए । उनले बैतडीमा रहेको कृषि विज्ञान कलेज र भीमदत्त पोलिटेक्निकल कलेजको स्तरोन्तीका लागि पहल गर्ने बताए । यसका साथै दोगडा केदार गाउँपालिकामा रहेको फस्फोराइड खानी उत्खनन्, नेपाल–भारत सीमा नदी झुलाघाटमा पक्की पुल तथा पाटन नमुना सहर निर्माणका लागि पहल गर्ने बताए ।
यही मन्चमा चुनावी आमसभा सम्बोधन गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि यिनै आयोजना निर्माण गर्ने पार्टीको योजना रहेको बताएका थिए ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिब्दीकोटमा एकल महिला पुरुषलाई सम्मान
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
प्रतिनिधिसभा बैठक : सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुँदै
-
न्यूरोडमा बालेनसँग विवादको प्रभाव : काठमाडौँका अधिकांश सडकबाट हात झिक्दै ‘सवि’
-
चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा ...
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल