शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रौतहटमा प्रभुलाई समर्थन नगरेको भन्दै माओवादीले गर्‍यो पट्टेललाई कारबाही

बुधबार, २३ कात्तिक २०७९, १६ : ५६
बुधबार, २३ कात्तिक २०७९

रौतहट क्षेत्र नम्बर तीनका प्रतिनिधि सभाका उम्मेदवार प्रभु साहलाई समर्थन नगरेको भन्दै रविन्द्र पट्टेल ‘धिरज’ पार्टीबाट निष्कासन गरिएको छ । गठबन्धनबाट माओवादी उम्मेदवार पट्टेललाई रौतहट ३ बाट प्रतिनिधि सभा उम्मेदवार बनाएको थियो ।

प्रभुले एमालेबाट राजीनामा दिएपछि उनलाई गठबन्धनले समर्थन गर्ने निर्णय गरेको थियो । गठबन्धनको निर्णय बमोजिम माओवादी उम्मेदवार पट्टेलको उम्मेदवारी निष्क्रिय बनाएर साहलाई समर्थन गर्ने निर्णय भएको थियो । अन्तमा पट्टेलले पार्टीको निर्णयलाई अवज्ञा गरेको भन्दै पार्टीबाट निष्कासन गरिएको मधेस प्रदेशका इन्चार्ज गणेश साहले बताए ।  

‘हामीले रौतहट ३ मा प्रभुजीलाई समर्थन गर्ने निर्णय गरेका थियौँ । उहाँलाई आफ्नो उम्मेदवारी निष्क्रिय बनाएर प्रभुजीलाई समर्थन गर्न आग्रह गरेका थियौ’ साहले भने, ‘पट्टेलजीले पार्टीको निर्णय अवज्ञा गर्दै उम्मेदवारी कायम राख्नुभयो । त्यसपछि पार्टीबाट कारबाही गरेका हौं ।’ पट्टेललाई कारबाही गरेपछि माओवादीसहित सत्ता गठबन्धनले प्रभुलाई समर्थन गर्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप