शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशका ३ नेतालाई माओवादीले गर्‍यो कारवाही

बुधबार, २३ कात्तिक २०७९, १६ : ४७
बुधबार, २३ कात्तिक २०७९

नेकपा माओवादी केन्द्रको मधेस प्रदेश कमिटीले पार्टी नीति विपरीत स्वतन्त्र उम्मेदवारी दिने, उम्मेदवारको प्रस्तावक र समर्थक बस्ने तीन जनालाई कारबाही गरेको छ । गत मंगलबार मधेस प्रदेशका इन्चार्ज गणेश साहले पार्टीको धारण सदस्य समेत नरहनेगरी तीन जनालाई कारबाही गरेका हुन् । 

महोत्तरी क्षेत्र नम्बर १ अन्तर्गत‘ख’मा माओवादीकै भरत साह उम्मेदवार छन् । उनको विरुद्ध विष्णुबहादुर योञ्जनले स्वतन्त्र उम्मेदवारी दिएपछि कारबाही गरिएको हो । योञ्जनको प्रस्तावक बसेका पृथ्वीबहादुर बलम्पाकी र समर्थक विजयकुमार यादवलाई समेत कारबाही गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप