शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकमा एचआईभी सङ्क्रमितको संख्या १ सय २१

बुधबार, २३ कात्तिक २०७९, १५ : ४३
बुधबार, २३ कात्तिक २०७९

सिन्धुपाल्चोकमा एचआइभी सङ्क्रमितको सङ्ख्या एक सय २१ पुगेको छ । लामो समयदेखि जिल्लामा एचआईभी/एड्स नियन्त्रणका लागि काम गर्दै आएको मिर्मिरे समूहका अध्यक्ष किपक तामाङका अनुसार सङ्क्रमितहरूमध्ये ५३ महिला र ६८ पुरुष  छन् । 

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने इचोक गाविसमा सबैभन्दा बढी एचआइभी सङ्क्रमित भेटिएको छ । तीस जना सङ्क्रमितहरूमध्ये ११ महिला र १९ पुरुष रहेका छन् । गत वर्ष जिल्लामा ४३ महिला र ५२ पुरुष गरी ९५ मा एचआईभी/एड्स देखिएको थियो । 

समूहका अध्यक्ष  तामाङका अनुसार यो सङ्ख्या अझै बढी हुनसक्छ । उनले भने, ‘यो तथ्याङ्क त हामीसँग सम्पर्कमा आएकाहरूको मात्रै हो, हामीजस्ता सङ्घसंस्थाहरूको सम्पर्कमा आउन नचाहनेको सङ्ख्या अझै बढी रहेको अनुमान गरेका छौँ । मिर्मिरेको तथ्याङ्कमा जिल्लामा ६ बालबालिकामा एचआईभी भेटिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप