बदर मत घटाउन तेह्रथुममा नमुना मतदान
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बदर मत घटाउन तेह्रथुममा अभ्यासस्वरुप नमुना मतदान गरिएको छ । जिल्लाको छथर गाउँपालिकामा गरिएको नमुना मतदान छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले मतदान गरी सुरु भएको थियो । सोमबारदेखि सुरु गरिएको नमुना मतदान मंगलबार छथर र फेदाप गाउँपालिकामा सञ्चालन गरिएको जिल्ला निर्वाचन अधिकृत निराज शर्माले बताए ।
नमुना मतदानमा नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, सेवाग्राहीसहितले नमुना मतदानमा भाग लिएका छन् । यस्तै, गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी र सेवाग्रहीले नमुना मतदानमा भाग लिएका छन् । नमुना मतदान कार्यक्रममा सहभागी हुने मतदाताले प्रदेश र प्रतिनिधिसभाको जस्तैं प्रत्यक्षलाई र समानुपातिक गरि चार पटक मतदान गर्नुपर्ने शर्माले नागरिकलाई जानकारी गराए । नमुना मतदान शिक्षाले विगतमा भएका मत बदरलाई न्युनिकरण हुने र आफुले रोजेको व्यक्तिलाई एक मतपत्रमा एक मात्रै मतदान गर्ने शिक्षा पाएको नमुना मतदानमा सहभागी कृष्णबहादुर ठकुरीले बताए ।
निर्वाचनको अन्तिम तयारीमा रहेको मुख्य निर्वाचन अधिकृत प्रमेश पोख्रेलले बताए । ‘आयोगबाट प्रतिधिनीसभा र प्रदेशसभा दुबै मतपत्र रुजु गरेर मतदान अधिकृतहरुलाई हस्तान्तरण गर्ने तयारी गरी सकेका छौँ । मतदान अधिकृत र सहायक सहयोगी कर्मकचारीहलाई मतदान अधिकृतहरुलाई तालिमको तयारी गरी रहेका छौँ । मतदान शिक्षालाई तिव्रता दिँदै नमुना मतदानलाई सबै पालिकाहरुमा सञ्चालन गरी रहेका छौँ । निर्वाचन सम्पन्न गराउन हामी तयारी अवश्थामा छौँ ।’ पोख्रेलले भने ।
दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा कुल ५६ मतदानस्थल छन भने ९३ मतदान केन्द्र रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा ७१ हजार ९ सय ३३ मतदाता छन् ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको प्राथमिकतामा सहकारी मुद्दा, अन्य काम ‘तामेली’मा
-
आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
अम्बिका र शंकरको हिन्दी गीत ‘तस्बिर’ सार्वजनिक
-
तार भूमिगत गरिएका स्थानबाट विद्युतीय पोलहरू हटाइने, इन्टरनेटको तार हटाउन प्राधिकरणको निर्देशन
-
पन्जाब किंग्ससँग राजस्थान रोयल्स ५ विकेटले पराजित