शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एक हप्तापछि पृथ्वीमा हुनेछन् ८०० करोड मानिस, कस्तो प्रभाव रहला ?

बुधबार, २३ कात्तिक २०७९, १२ : ३१
बुधबार, २३ कात्तिक २०७९

हामीहरु अर्थात् मानिस । वैज्ञाािनक भाषामा भन्ने हो भने होमो स्यापियन्स । मानिस जनसंख्या वृद्धिमा विज्ञ छन् । सय करोडबाट २०० करोड पुग्न १२५ वर्ष लाग्यो । तर ७०० बाट ८०० करोड पुग्न १२ वर्षमात्रै । १५ नोभेम्बर २०२२ मा धर्तीमा मानिसको जनसंख्या ८ सय करोड पार हुनेछ । संयुक्त राष्ट्रले यो विकासको श्रेय विज्ञान, प्रविधि, नयाँ परिवर्तन, लामो उमेर र स्वस्थ जीवनलाई दिइरहेको छ ।

मानिसको जनसंख्या वृद्धिको दर केही दशकमा खस्किरहेको छ । तर यति हुँदा हुँदै पनि सन् २०३७ सम्म हाम्रो जनसंख्या ९०० करोड र २०५८ सम्म १,००० करोड पुग्नेछ । यस्तो अनुमान UN DESA को वर्ल्ड पपुलेसन प्रसपेक्ट्स २०२२ को रिपोर्टमा लगाइएको छ । संयुक्त राष्ट्रको पपुलेसन फन्डकी प्रमुख नटालिया कानेमले यो  मानवीय इतिहासको कोसेढुङ्गा साबित हुने बताएकी छिन् किनभने अहिले आमा र बच्चाको मृत्यु कम हुने गर्छ ।

नटालिया भन्छिन्, ‘मलाई मानिसको बढ्दो जनसंख्यासँग कुनै डर छैन । डर यो कुराको छ कि यसले स्रोत साधनको खपत तीब्र रुपमा बढ्नेछ । यो कुराको चिन्ता सबै देशले गर्नुपर्छ । विशेषगरी ती देशले जहाँ प्रजनन दर बढि छ । धेरै मानिसहरु यस्ता कुरामा मतलब नै गर्दैनन् । रकफेलर युनिभर्सिटीको लेबोरेटरी अफ पपुलेसनका जोएल कोहेनले ‘के म धर्तीमा अतिरिक्त छु ?’ भनेर प्रश्न गरेका छन् । उृनले लेखेका छन्, ‘धर्तीले हामी मानिसको बोझ कसरी सहन्छ  । यसका दुई पक्ष छन् – पहिलो, प्राकृतिक सीमा र दोस्रो, मानिससँग भएका विकल्प ।’

जति धेरै प्राकृतिक स्रोध साधनको खपत हुन्छ, मुश्किल त्यति नै बढ्नेछ

जोएल थप्छन्, ‘हाम्रो विकल्पले यो निश्चित गर्नेछ कि मानिसले कति धेरै जैविक स्रोतको प्रयोग गर्छन् । जस्तै जमिन, जल र जंगल । यदि पृथ्वीले यी चिजलाई लगातार हरेक वर्ष तीब्र गतिमा पैदा गर्छ भने मानिसले यसको प्रयोग वा खपत गर्न सक्छन् । तर खपत बढी भयो र पृथ्वीले सही समयमा पैदा वा संरक्षित गर्न सक्दैन भने मुश्किल बढ्नेछ । जमिनका लागि जंगल फँडानी हुनेछ । फँडानी हुँदा जलमा कमी आउनेछ । नतिजा प्राकृतिक प्रकोप ।’

मानिसको बानी नै हो – लोभ र मुर्खतापूर्ण काम गर्नु

जोएल भन्छन्, ‘मुर्खतापूर्ण काम गर्नु र लोभ गर्नु मानिसको बानी नै हो । थप इन्धनका लागि जीवाश्म इन्धनको दुरुपयोग हुनेछ । फलस्वरुप कार्बन डाइअक्साइडको उत्सर्जन बढी हुनेछ । यसका कारण धर्तीमा ग्लोबल वार्मिङ बढ्नेछ । हिमनदी पग्लिनेछन् । समुद्रको जलस्तर बढ्नेछ । जमिन समुद्रमा समाहित हुनेछ । मौसम बदलिनेछ । अत्यधिक गर्मी हुनेछ । बेमौसमी वर्षा हुनेछ । चिसो छोटो वा लामो हुनसक्छन् ।’

बढ्दो जनसंख्याको हिसाबले मानिसलाई चाहिन्छ १.७५ धर्ती

डब्ल्यूडब्ल्यूएफ र ग्लोबल फुटप्रिन्ट नेटवर्ककका अनुसार जुन गतिमा मानिसको जनसंख्या बढिरहेको छ, त्यो हिसाबले हामीलाई धर्ती कम हुनेछ । मानिसको आवश्यकता पूरा गर्नका लागि १.७५ धर्ती थप चाहिन्छ । अर्थात्, अहिले जति छ त्यसमा ७५ प्रतिशत थप चाहिन्छ । अब यस्तो त हुन सक्दैन । हालै सार्वजनिक भएको संयुक्त राष्ट्रको जलवायु सम्बन्धि रिपोर्ट अनुसार ग्रीनहाउस ग्यास बढी उत्सर्जन हुनुको मुख्य कारण नै बढ्दो जनसंख्या हो । जबकी बढ्दो जनसंख्या आर्थिक विकासमा पनि मद्दत गरिरहेको छ । जोएल कोहेनका अनुसार हामी मानिसलाई भविष्य हेर्न आउँदैन ।

सबैभन्दा बढी जनसंख्या यी आठ देशमा बढ्नेछ, जसलाई नियन्त्रण गर्न सकिने छैन

संयुक्त राष्ट्रको रिपोर्ट अनुसार सन् २०५० सम्म विश्वका जुन आठ देशमा सबैभन्दा तीब्र गतिमा जनसंख्या बढ्नेछ, ती हुन् – कंगो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानिया । सन् २०५० सम्म जति पनि जनसंख्या बढिरहेको छ, त्यसमध्ये आधाभन्दा बढी योगदान अफ्रिकाको सब–सहारन देशको रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप