गठबन्धनको अभिमतले निर्वाचन जित्नेमा ढुक्क छु : ओनसरी घर्ती
नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीले चुनावी घरदैलोले आसन्न निर्वाचनमा आफ्नो जित झनै सुनिश्चित गरेको बताएकी छन् । बुधबार र काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलो अभियानका क्रममा नेतृ घर्तीले गठबन्धनको अभिमतले निर्वाचन जित्नेमा ढुक्क रहेपनि चुनावी घरदैलोले झनै उत्साह थपेको बताएकी हुन् । सत्ता गठबन्धनबाट काठमाडौं क्षेत्र नम्बर २ की प्रतिनिधिसभाकी साझा उम्मेदवारसमेत रहेकी घर्तीले घरदैलो अभियानमा निर्वाचन क्षेत्रका मतदाताले गरेको स्वागतले आफ्नो टिममा उत्साह थपेको बताइन् ।
उनले भनिन्– ‘म र मेरो टिम धेरै नै उत्साहित छ । घरदैलोमा जाँदा जनताले धेरै माया गर्नुभएको छ । हामी विजयीको लागि पहिल्यैबाट स्पष्ट छौँ । घरदैलोमा आउँदा झनै उत्साहित भएका छौँ । विश्वस्त भएका छौँ । हामी मंसिर ४ को प्रक्रियालाई मात्रै कुरेर बसेका छौँ । हामी सत्तामा पुगेपछि जनताको हक अधिकार कुनैपनि कटौती नहुने गरी कानुन बनाउनेछौँ । जनताको विकास निर्माणको एजेण्डालाई पहुँचमा पुर्याउनेछौँ । खानेपानी, खेलकुद, करिडोर, फोहोर लगायतका जनताका समस्यालाई हामीले समाधान गर्नेछौँ ।’
उनले आसन्न निर्वाचनमा आफ्नो जितमा स्पष्ट रहेको र मंसिर ४ को निर्वाचन प्रक्रियामात्रै कुरेर बसेको बताइन् । नेतृ घर्तीले निर्वाचनमा जित निकालेपछि जनताको कुनैपनि हक, अधिकारको कटौती नहुने गरी कानून निर्माण गर्ने प्रतिवद्धता जनाइन् । उनले विजयपछि जनताको विकास निर्माणको एजेण्डालाई पहुँचमा पुर्याउने, खानेपानी, खेलकुद, करिडोर, फोहोर लगायतका जनताका समस्यालाई हामीले समाधान गर्ने प्रतिवद्धता जनाइन् । उम्मेदवार घर्तीले आम नागरिकहरूले दिएको माया र स्वागतले भोलिका दिनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा आफ्नो कर्तव्य बढेको महसुस भएको बताइन् ।
नेतृ घर्तीले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा ६४ प्रतिशत जनसमुदाय अहिले पनि खानेपानीको पहुँचमा नभएको भन्दै उनीहरूको माग पूरा गर्ने प्रतिवद्धता जनाइन् । उनले सफा, सुन्दर, सुरक्षित र दिगो विकासको माग जनताले गरेकाले बाटो, पर्यटन क्षेत्रको विकास, स्पोर्ट्स सिटीको अवधारणा, ढल, कोरिडोरको समस्यालाई सरकारको पहुँचसम्म पुर्याउने बताइन् ।
उनले भनिन्– ‘हामी प्रत्येक दिन बिहानको समयमा जनताको घर घरमा पुगेर भोट माग्ने काम गरिरहेका छौँ । आम नागरिकहरूको स्वागतले भोलिका दिनमा यस क्षेत्रमा मेरो कर्तव्य बढेको महसुस भएको छ । यो समुदायभित्र ६४ प्रतिशत जनसमुदाय अहिले पनि खानेपानीको पहुँचमा हुनुहुन्न । सफा, सुन्दर, सुरक्षित र दिगो विकासको माग गर्नुभएको छ । बाटो, पर्यटन क्षेत्रको विकास, स्पोर्ट्स सिटीको अवधारणा, ढल, कोरिडोरको समस्या उठाउनुभएको छ । यी समस्यालाई सरकारको पहुँचसम्म पुर्याउनेछु ।’
निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका उम्मेदवारहरू चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानमा सक्रिय छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफ्नो पार्टीलाई जित दिलाउन राजनीतिक दलका शीर्ष नेताहरू पार्टीका चुनावी एजेन्डा लिएर देश दौडाहामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली : टुक्रे योजना नियन्त्रणको अडानमा टिक्न नसकेका मुख्यमन्त्री, कांग्रेसको दोहोरो चरित्र
-
कांग्रेस–एमाले सहमतिपछि लुम्बिनी सरकारको भविष्य सङ्कटमा
-
कर्जा ग्राहकहरूलाई एनआइसी एशियाले ल्यायो व्याज छुट योजना
-
यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह
-
आज कुन विदेशी मुद्राको मूल्य कति ?
-
विम्बल्डन : साबिक विजेता पहिलो राउण्डमै स्तब्ध