यस्तो छ आज फलफूल तथा तरकारीको भाउ
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ निर्धारण गरेको छ । आज अदुवा र लौकाको औसत मूल्य प्रतिकेजी ५५ रुपैयाँ, अनार ३९० रुपैयाँ, अमला ५६ रुपैयाँ ६७ पैसा, अम्बा ११० रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ रहेको छ ।
रातो आलु ६७ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ४१ रुपैयाँ, सेतो आलु ४८ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, उखु प्रतिवटा ११० रुपैयाँ, स्थानीय काउली, तोरीको साग, परवर र सखरखण्ड प्रतिकेजी ४५ रुपैयाँ, लोकल काक्रो ९५ रुपैयाँ, हाइब्रीड काक्रो ४६ रुपैयाँ ६७ पैसा, कागती १२८ रुपैयाँ, किवि १९३ रुपैयाँ ३३ पैसा, अकबरे खुर्सानी १४६ रुपैयाँ ६७ पैसा, लोकल गाजर १४६ रुपैयाँ ६७ पैसा, हरियो खुर्सानी ६५ रुपैयाँ, गान्टे मूला ८५ रुपैयाँ, गुन्द्रुक ३२५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ६० रुपैयाँ, टनेल सानो गोलभेडा ४५ रुपैयाँ, राजमा घिउ सिमी ७६ रुपैयाँ ६७ पैसा, घिरौला ६३ रुपैयाँ ३३ पैसा र चमसूरको साग २१० रुपैयाँ रहेको छ ।
त्यस्तै, चुकुन्दरको औसत मूल्य प्रतिकेजी ८५, कन्य च्याउ १४४ रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, छ्यापी सुकेको २१० रुपैयाँ, जिरीको साग १३५ रुपैयाँ, छडी माछा २४६ रुपैयाँ ६७ पैसा, बचुवा माछा २४५ रुपैयाँ, मुंगरी ताजा माछा २४० रुपैयाँ, रहु माछा ३४० रुपैयाँ, तितो करेला ७६ रुपैयाँ ६७ पैसा, चाइनिज नासपाती २३५ रुपैयाँ, निबुवा ४६ रुपैयाँ ६७ पैसा, पुदीना र पार्सले ६५० रुपैयाँ, पालूगो साग २१० रुपैयाँ, पिंडालू ५६ रुपैयाँ ६७ पैसा, सुकेको भारतीय प्याज ५६ रुपैयाँ ६० पैसा, बकूला ११५ रुपैयाँ, बरेला ४६ रुपैयाँ, तने बोडी ८५ रुपैयाँ रहेको छ ।
यसैगरी,ब्रोकाउली ११० रुपैयाँ, भिण्डी ७६ रुपैयाँ ६७ पैसा, भुई कटहर १७५ रुपैयाँ, भेडे खुर्सानी ११२ रुपैयाँ, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मटरकोशा १७० रुपैयाँ, मौसम १४० रुपैयाँ, रायोको साग ५६ रुपैयाँ ६७ पैसा, लप्सी ७६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १४६ रुपैयाँ ६७ पैसा, सलगम ५६ रुपैयाँ ६७ पैसा, नेपाली सुन्तला ९६ रुपैयाँ ६७ पैसा, सेलरी ३२५ रुपैयाँ, सौफको साग २३५ रुपैयाँ, स्कूस १७ रुपैयाँ ५० पैसा, ज्यापु काउली ६६ रुपैयाँ ६७ पैसा, फूजी स्याउ २४६ रुपैयाँ ६७ पैसा र हरियो धनिया १४० रुपैयाँ रहेको छ । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति
-
शीर्ष नेताहरू संघीयताप्रति उदार बन्न सकेनन् : महामन्त्री थापा
-
राजधानीमा भएको आगलागीको घटनामा धनमाल जलेर नष्ट
-
भूकम्पबाट सङ्खुवासभामा एक घर भत्कियो
-
अम्बे कोशी सहकारी ‘समस्याग्रस्त’ घोषित, १३ हजार बचतकर्ताको ६१ करोड हिनामिना
-
खेलकुदमन्त्रीको गुनासो : खेलकुद संघहरूले देशको ऐन कानुन मानेनन्