आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

हंगेरीयन नृत्यमा रमाए काठमाडौँबासी

बुधबार, २३ कात्तिक २०७९, १० : ५४
बुधबार, २३ कात्तिक २०७९

काठमाडौँबासीलाई हंगेरीकी गीत तथा नृत्यमा रमाउने अवसर मिलेको छ । मंगलबार साँझ पर्यटन बाेर्ड भृकुटीमण्डपमा आयोजित ‘नेपाल–हंगेरी ऐतिहासिक सांस्कृतिक कार्यक्रम’ मा सो अवसर मिलेको हो । 

नेपाल हंगेरी चेम्बर अफ कमर्सको आयोजना रहेको कार्यक्रममा नेपाल तथा हंगेरीका कलाकारले दुवै स्थानमा विभिन्न गीत तथा नृत्यहरू प्रस्तुत गरेका थिए । ‘अन्तर्देशीय कला संस्कृति आदानप्रदान तथा कलाको संरक्षण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा अभिनेता तथा नेपाल हंगेरी चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष कृष्ण मल्ल, तथा  हंगेरी कन्सुलर जनरल तथा उद्योगपति अरुण कुमार चौधरी, हंगेरी राजदूतावासबाट मरियन यार्दो, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल हंगेरी चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष कृष्ण मल्ल, उद्योगपति अरुण कुमार चौधरी लगायतले सांस्कृतिक आदान प्रदानको यो कार्यक्रमले दुवै देशलाई सांस्कृतिक मात्र नभएर भावात्मक रुपमा समेत जोड्ने बताए । 

नेपालमा सांस्कृतिक कार्यक्रम मार्फत आफ्ना कला देखाउन पाउँदा खुसी लागेको हंगेरियन कलाकारले बताएका थिए । करिब डेढ घण्टा चलेको कार्यक्रममा  हंगेरियन कलाकारले बाजागाजा सहित केही गीत तथा नृत्य देखाएका थिए, भने नेपालको तर्फबाट नेवारी तथा गुरुङ नृत्य प्रस्तुत गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप