आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

गायक आशिष ओएसआरमा अनुबन्धित

बुधबार, २३ कात्तिक २०७९, ०९ : १६
बुधबार, २३ कात्तिक २०७९

‘दारी फुल्यो बैँसैमा’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’, ‘ए मुना’ लगायतका हिट गीत दिएका गायक आशिष सचिन ओएसआर डिजिटलसँग अनुबन्धित भएका छन् ।

८ गीत सहित विभिन्न प्रोजेक्ट निर्माणमा एक वर्ष सहकार्य गर्ने गरेर उनी ओएसआरसँग जोडिएका हुन् । ओएसआरले गायक आशिषलाई वार्षिक ३० लाखमा एक वर्षका लागि अनुबन्धित गरेको ओएसआर डिजिटलका प्रमुख ओम अग्रवालले बताए । अग्रवालका अनुसार गायक आशिषले १ वर्षसम्म ओएसआरमा आबद्ध रहेर ८ गीत, म्युजिक भिडियो र केही विज्ञापनमा काम गर्नेछन् ।

पछिल्लो समय लगातार हिट गीत दिँदै आएका आशिष गायनको अलावा म्युजिक भिडियो अभिनयमा पनि सक्रिय छन् । गायन सँगसँगै म्युजिक भिडियोको अभिनयमा समेत अब्बल मानिएका आशिषले अभिनय गरेको पछिल्लो  म्युजिक भिडियो  ‘छमक छमक तेरी पाउजुले’ चर्चामा छ । उनी देश तथा विदेशका कार्यक्रममा पनि व्यस्त छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप