शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

आचारसंहिता सबैलाई समान रूपमा लागू हुन्छ : आयुक्त भण्डारी

बुधबार, २३ कात्तिक २०७९, ०७ : ०५
बुधबार, २३ कात्तिक २०७९

निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता सबैलाई समान रूपमा लागू हुने भएकाले यसमा साना वा ठूला दल भन्ने प्रश्न नआउने बताएका छन् । 

निर्वाचन आयोग र नेपाल कानुन समाजले आयोजना गरेको ‘निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक कार्यक्रममा उनले राजनीतिक दलका नेताहरूको सहमतिमा बनाइएको आचारसंहिता भएकाले सबैले पूर्णरूपमा कार्यान्वयन गर्नेमा आयोग विश्वस्त रहेको बताए।

आचारसंहिता कार्यान्वयनका लागि सरोकारवालाको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो । उनले भने–‘आचारसंहिता निर्वाचनको कार्यक्रममा सहभागिता जनाउने जो सुकैलाई पनि लागू हुन्छ ।’ दलका प्रतिनिधिको सहमतिले आचारसंहिता बनेको बताउँदै उनले यो कार्यान्वयन गर्नु दल र उम्मेदवारहरूको कर्तव्य हुने बताए । आचारसंहिता कार्यान्वयनका लागि सरोकारवाला निकायसँगै कर्मचारीहरू पनि चनाखो हुनुपर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप