जुम्लाबाट टिकट नपाएपछि थापाले पार्टी छोडे : बुढा

नेकपा (एकीकृत समाजवादी)का जुम्ला जिल्ला सह इन्चार्ज तीर्थ बुढाले तत्कालीन जिल्ला इन्चार्ज देविलाल थापाले उम्मेदवारको टिकट नपाएपछि पार्टी छाडेको बताएका छन् । पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने -'आसन्न चुनावका लागि तत्कालीन इन्चार्ज देविलाल थापाले उम्मेदवारको टिकटको पहल गरेका थिए । टिकट पाएनन्, त्यही निहुँमा थापासहितको केही व्यक्तिले फरक बाटो रोजे ।'
वैचारिक विचलन भएर हिजो केपी शर्मा ओपीलाई प्रतिगमनकारी भन्नेहरु एमाले पार्टीमा प्रवेश गरेको बुढाले आरोप लगाए । कार्यकताहरुलाई विचलित नहुन पनि उनले अपिल गरे । उनले वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई अत्यधिक बहुमतले विजयी गराउन सम्पूर्ण कमिटीलाई लामबद्ध भएर लाग्न अनुरोध पनि गरे ।
उनले भने -'एमालेबाट विद्रोह गर्दै समाजवादी पार्टी स्थापना गर्दा बहुमतमा थियौँ । अहिले २-४ जना पार्टीबाट छाडेर जाँदा पनि बहुमतमै छौँ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा