बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मस्कोलाई हतियार बेच्ने योजना छैन : उत्तर कोरिया

बुधबार, २३ कात्तिक २०७९, ०६ : २४
बुधबार, २३ कात्तिक २०७९

उत्तर कोरियाले युक्रेनमा युद्धका लागि रुसलाई गोप्य रूपमा हतियार पठाएको अमेरिकी दाबीलाई खारेज गर्दै मस्कोलाई कहिल्यै हतियार नबेचेको र बेच्ने योजना पनि नभएको बताएको छ ।

गत साता ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले कोरियाले रुसलाई महत्वपूर्ण संख्यामा हतियार उपलब्ध गराएको दाबी गरेका थिए । उत्तर कोरियाले मध्यपूर्व र उत्तर अफ्रिकी देशमार्फत ढुवानीलाई गर्न खोजेको र वाशिंगटनले ढुवानी प्राप्त भएको छ कि छैन भनेर निगरानी गरिरहेको बताएका थिए । 

अमेरिकाले उत्तर कोरियाले मस्कोमा हतियार पठाउन खोजेको बताइरहेका बेला आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सी केसीएनएले त्यसको खण्डन गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप