बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

ईपीएस उत्तीर्ण कोरिया जान सुरु

बुधबार, २३ कात्तिक २०७९, ०६ : १३
बुधबार, २३ कात्तिक २०७९

रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गत कृषि तथा पशुपालनतर्फको पहिलो चरणमा भाषा र सीप परीक्षामा उत्तीर्ण भएका दक्षिण कोरिया जान थालेका छन् । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले कृषितर्फको पहिलो चरणमा लिइएको भाषा र सीप परीक्षामा उत्तीर्ण भएकामध्ये ४०० जना दक्षिण कोरिया प्रवेश गरिसकेका हुन् । तीन सय जना मङ्सिरको पहिलो सातासम्म दक्षिण कोरिया प्रवेश गरिसक्ने शाखाले जनाएको छ ।

शाखाका अनुसार सन् २०२२ का लागि दक्षिण कोरिया जान परीक्षा उत्तीर्ण गरेका दुई हजार ७४१ जनामा एक हजार २०० जना कोरिया  जानेको  सूचीमा  नाम  आइसकेको  छ । आउन बाँकी रहेकाको आगामी माघसम्म सूचीमा  नाम  आइसक्ने  शाखाले  जानकारी दिएको छ । यस पटक कृषितर्फबाट दक्षिण कोरिया जानका लागि १० हजार २९१ जनाले आवेदन दिएका थिए । शाखाका निर्देशक पुष्पराज कुटुवालले दक्षिण कोरियामा नेपाली श्रमिकले राम्रो छवि बनाएकाले सूचीमा परेका अधिकांश दक्षिण कोरिया जान सक्ने जानकारी दिए। कृषि तथा पशुपालनतर्फको पहिलो र दोस्रो चरणमा गरेर  दुई  हजार  ९१२  जना  उत्तीर्ण  भएका  भएकोमा उक्त क्षेत्रका लागि दुई हजार ७४१ जनाको माग रहेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप