आजको मौसम : यी प्रदेशमा हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। बुधबार सुदूर-पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
बिहीबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री र कर्मचारी भ्रमण स्वीकृतिमा केन्द्रित मन्त्रिपरिषद् बैठक
-
भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्ष नेपालमा
-
प्रचण्ड नेतृत्वको सरकारका कारणले नेपाल ग्रे लिष्टमा पर्यो : मन्त्री गुरुङ
-
मन्दिर सफा गर्न पानी बोकेको ट्यांकर भासियो
-
समय गुजार्दै कांग्रेसका भ्रातृ संस्था, चैत मसान्तभित्र गर्लान् महाधिवेशन ?
-
स्वास्थ्य सचिव देवकोटा कि मिश्र भन्नेमा कांग्रेसमै दुई धार