नाकाबन्दीसँगै सुरु, अहिलेसम्म बनेन
भारतले नाकाबन्दी लगाएको समयमा नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर निर्माण कार्य गरेको गल्छी-त्रिशूली- मैलुङ-स्याफ्रुबेंसी रसुवागढी सडक आधा मात्रै सकिएको छ । सरकारले २०७२/ ७३ सालमा दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ८२ किलोमिटर निर्माण गर्ने योजना अघि बढाएको सडकको ६५ किलोमिटर खण्डको मात्रै ५२.६१ प्रतिशत भौतिक प्रगति भएको छ ।
काठमाडौँ उपत्यकाबाट छिमेकी मुलुक चीनसँग जोड्ने यो सबैभन्दा छोटो सडक मार्ग सात वर्षदेखि अलपत्र रहेको छ । सडकको रेखाङ्कन नहुनु, मुआब्जा / क्षतिपूर्ति विवाद, सर्वोच्च अदालतको स्टे अर्डर र ठेकेदार कम्पनीको लापरबाही आदि कारणले यो सडक योजनाको निर्माण कार्य प्रभावित हुँदै आइरहेको छ ।
गल्छी-त्रिशूली–मैलुङ-स्याफ्रुबेंसी - रसुवागढी सडक योजना प्रमुख ध्रुव श्रेष्ठले भारतीय नाकाबन्दीपछि निर्माण अघि सारिए पनि अपेक्षित गतिमा सडक निर्माण कार्य हुन नसकेको बताए । 'काठमाडौँ उपत्यकाबाट छिमेकी मुलुक चीन सबैभन्दा छोटो नाकाको सडक सात वर्षदेखि निर्माणाधीन अवस्थामा छ', उनले भने, 'सडकको मुआब्जा र क्षतिपूर्ति विवादको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएकाले पनि सडक निर्माणले गति लिन सकेको छैन ।' आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेलाई १ लाख जरिवाना प्रकरण : कार्यक्रमको भोलिपल्ट पार्टीको झण्डा र रक्सीका बोतलसहित दुई ट्रक फोहोर संकलन
-
रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दा : सर्वोच्चले मगायो भाषणको पूर्णपाठ
-
सौर्य एयरलाइन्स दुर्घटना : पीडितले दिए संसदीय समितिमा उजुरी
-
चितवनमा मंगोलियन हर्टले कन्सर्ट गर्ने
-
ई–प्लानेट नेशनल हाइस्कुल क्रिकेट च्याम्पियनसिप हुने
-
कस्तुप र शान्तिश्रीले ल्याए लोकदोहोरी ‘बिर्से हुन्छ मलाई’