आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

दाङका आगलागी पीडितलाई आर्थिक सहयोग

मङ्गलबार, २२ कात्तिक २०७९, २२ : ४६
मङ्गलबार, २२ कात्तिक २०७९

जिल्ला उद्योग वाणिज्य संघ दाङले  आगलागीबाट पीडितलाई आर्थिक सहयोग गरेको छ । सङ्घले मंगलबार एक कार्यक्रम आयोजना गरी यही कात्तिक ७ गते घोराही उपमहानगरपालिका–१५ मा फर्निचर उद्योगमा भएको आगलागीका पीडितलाई आर्थिक सहयोग प्रदान गरेको हो । 

आगोलागीबाट पीडित तीन व्यवसायीलाई सङ्घले रु पाँच लाख २३ हजार सहयोग गरेको हो । सङ्घले व्यवसायी सुरक्षित कोषबाट रु तीन लाख तथा सङ्घको कार्यसमिति तथा उद्योगी व्यवसायीबाट सङ्कलित रु दुई लाख २५ हजार सहयोग गरेको सङ्घका जिल्ला अध्यक्ष टङ्कसिँह बुढाथोकीले जानकारी दिए । तीनै व्यवसायीलाई जनही रु एक लाख ७४ हजार सहयोग गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप