शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

वडा सदस्यलाई कार्यवाहक जिम्मेवारी दिएर वडाअध्यक्ष गुप्ता एमालेको चुनावी प्रचारमा

मङ्गलबार, २२ कात्तिक २०७९, २२ : ३७
मङ्गलबार, २२ कात्तिक २०७९

बाराको जितपुरसीमरा उपमहानगर वडा नं ७ का वडाअध्यक्ष सुनिल गुप्ताले वडाअध्यक्षको कार्यवाहक जिम्मेवारी वडा सदस्य सिता उप्रेतीलाई दिएर आफू चुनावी प्रचारप्रसारमा गएका छन् ।  अध्यक्ष गुप्ताले कार्तिक १५ गते घरायसी कामको सिलसिलामा बाहिर जानुपर्ने भन्दै कार्तिक १६ गतेदेखि लागु हुनेगरी वडाको सम्पूर्ण जिम्मेवारी सदस्य उप्रेतीलाई दिएका थिए  ।

कहिलेसम्मको बिदा हो भन्ने मितिसमेत नखुलाई अध्यक्ष गुप्ता बारा ४ का एमाले उम्मेदवारको चुनाव प्रचारप्रसारमा गएको पाइएको छ । उनले बिदा पत्रमा घरायसी कामले बाहिर जानुपर्ने   उल्लेख गरेपनि चुनाव प्रचारप्रसारमा खटिएको वडा नं ७ कै एक वडा सदस्यले बताए ।  ‘कार्यवाहक दिएर उहाँ अहिले एमाले उम्मेदवारको चुनाव प्रचारप्रसारमा हिँडेको फोटो, भिडियो सामाजिक सञ्जालमा भेटिएकै छ नि’ उनले भने ।

वडा सदस्यलाई कार्यवाहक जिम्मेवारी दिएपनि गुप्ता आइतवार निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गर्न गएका थिए । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समिति सदस्य पर्शुराम क्षेत्रीले वडाअध्यक्षले कार्यवाहक जिम्मेवारी दिएर चुनाव प्रचारप्रसारमा हिँडेको विषयमा उजुरी आए तत्काल कारबाहीको दायरामा ल्याउने बताए । ‘निर्वाचन आचारसंहिता विपरीत  काम भएको विषयमा हामीलाई उजुरी आए तत्काल अनुसन्धान गरेर कारबाही अगाडि बढ्छ’ क्षेत्रीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप