बारा-४ को पूर्वाधार विकास श्रेष्ठको चुनावी एजेण्डा
नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रतिनिधिसभाका लागि बारा-४ बाट बाम(लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)ले चुनावी एजेण्डामा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन् । नेता श्रेष्ठले हरेक गाउँपालिका र उपमहानगरपालिका सबै वडाहरूलाई व्यवस्थित सडक सञ्जालमा जोड्ने प्रतिबद्धता जनाएका हुन् ।
उनले सबै वडाहरूमा ५ वर्षभित्र पक्की सडकको रूपमा विस्तार गर्ने उल्लेख गरेका छन् । अमलेखगन्जको खानेपानी समस्यालाई तत्काल समाधान गर्ने प्रतिबद्धता पनि उनले जनाए । नेता श्रेष्ठले विश्रामपुर- इटियाही-प्रसौनी-खुटवा-बुनियाद-इनर्वासिरा-महेन्द्र लोक मार्गसम्म सडक सञ्जाल निर्माण गरिने प्रतिबद्धता जनाए । यस्तै छतवा-वतरा-फुलवरिया-फेटा-भर्वलिया-भलुही-बंजरिया-हरपुर इनर्वासिरा हुँदै महेन्द्र लोकमार्गमा जोडिने उल्लेख गरे । राष्ट्रिय गौरवका योजनाहरू फाष्ट ट्रयाक, निजगढको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने तथा वीरगन्ज र सिमरामा रहेको औद्योगिक कोरिडोरलाई विशेष आर्थिक क्षेत्र (सेज) को सञ्चालन गर्ने प्रतिबद्धतामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार