शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

घाँस काट्न गएका पुरुष मृत फेला

मङ्गलबार, २२ कात्तिक २०७९, २१ : २०
मङ्गलबार, २२ कात्तिक २०७९

सोलुखुम्बुमा घाँस काट्न गएका एक पुरुष मृत फेला परेका छन् । सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्नासाका ४० वर्षीय एकबहादुर कार्कीको शव मङ्गलबार सोलुखोलामा भेटिएको हो । 

कार्की यही कात्तिक १९ गते घरबाट घाँस काट्न निस्केका थिए । त्यसयता उनी बेपत्ता थिए । घर नफर्किएपछि स्थानीयवासी र प्रहरीले  खोजी गर्दा उनी खोलामा मृत फेला परेको उनका दाजु धनबहादुर कार्कीले जानकारी दिए ।  

कार्कीले बोकेको हँसिया र नाम्लो खोला किनारमा भेटिएको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाका वडाध्यक्ष टङ्कबहादुर कार्कीले बताए । घट्नाबारे छानविन भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामकिशोर साहले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप