सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

जति नै गठबन्धन गरिए पनि निर्वाचनपछि एमालेको सरकार :  ओली

मङ्गलबार, २२ कात्तिक २०७९, २१ : ०९
मङ्गलबार, २२ कात्तिक २०७९

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि नेकपा (एमाले) को सरकार बन्ने दाबी गरेका छन् । उनले भने, “गठबन्धनका नाममा जति नै गठबन्धन गरिए पनि चुनावपछि नेकपा (एमाले) को सरकार बन्ने निश्चित छ ।” 

आज झापाको अर्जुनधारास्थित सुखानीसहित स्मृति पार्क (सालवारी) मा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले झापा क्षेत्र नम्बर २ मा मात्र नभई झापाका पाँच वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार विजयी हुने दाबी गरे। 

राष्ट्र निर्माणको गहन जिम्मेवारी लिएर हिँडेको एमालेलाई कुनै पनि गठबन्धनले रोक्न नसक्ने उनको भनाइ थियो । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवराज घिमिरे, प्रदेशसभा सदस्य पदका उम्मेद्वारद्वय एकराज कार्की र तिलचन पाठकले समेत बोलेका थिए । 

अध्यक्ष ओली आज साँझ नै आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा गए । अध्यक्ष ओलीले झापा ५ मा आयोजना गरिने विभिन्न कार्यक्रमलाई भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप