शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष १० समाचार

मङ्गलबार, २२ कात्तिक २०७९, २० : ५२
मङ्गलबार, २२ कात्तिक २०७९

आज २०७९ कार्तिक २२ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

कांग्रेसका बागी उम्मेदवारलाई कारबाही

नेपाली कांग्रेसले पार्टी र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने ७४ नेतालाई कारबाही गरेको छ । मंगलबार पार्टीको अनुशासन आयोगले विज्ञप्ति जारी गर्दै पार्टी र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने ७४ जना नेता तथा कार्यकर्तालाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको जनाएको हाे । यस्तै कांग्रेसले बागी उम्मेदवार, प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाहरूको नामावलीहरू समेत अभिलेखबाट हटाइएको जनाएको छ । कांग्रेसले बागी उम्मेदवार तीनका प्रस्तावक एवं समर्थकको नाम केन्द्रीय अनुशासन समितिमा पठाउन पनि निर्देशन दिएको छ ।

वाचापत्र सार्वजनिक

चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन् । कालिका नगरपालिकाको जुटपानीमा सार्वजनिक गरिएको वाचापत्रमा चितवनलाई आर्थिक राजधानीको रूपमा स्थापित गर्न गुरुयोजना बनाइने विषयलाई उल्लेख गरिएको छ ।

काठमाडौं क्षेत्र नम्बर–८ का प्रतिनिधि सभा सदस्य पदका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । ‘अबको निकास सहभागितामूलक विकास’ भन्ने नारासहित उनले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका हुन् । 

सत्ता गठबन्धनले काठमाडौं क्षेत्र नम्बर–२ को घोषणापत्र सार्वजनिक गरेको छ । स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाई, रोजगारी, सामाजिक सुरक्षा, खेलकुद लगायत क्षेत्रमा गर्ने कामको प्रतिबद्धता समेटेर गठबन्धनले घोषणापत्र सार्वजनिक गरेको हो । ​

लाइसेन्स देखाएर पनि भोट 

मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र बाहेक परिचय खुल्ने अन्य कागजात देखाएर पनि मत हाल्न पाउने भएका छन् । 

सचेतना कक्षा लिनुपर्ने

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिर १५ गतेदेखि तीव्र गतिमा सवारी साधन चलाउने चालकहरुले पनि सचेतना कक्षा लिनुपर्ने जनाएको छ । तीव्र गतिमा सवारी चलाएमा  नियम अनुसार जरिवाना हुनुका साथै अनिवार्य रुपमा १ घण्टाको सचेतना कक्षामा बस्नुपर्ने महाशाखाको भनाइ छ । 

 नायव सुब्बाविरुद्ध आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै तत्कालीन नायव सुब्बा शिवराज उपाध्यायविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । 

 ४ एआईजीको दरबन्दी रिक्त

उपत्यका प्रहरी कार्यालयका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र बहादुर धानुकले अवकाश पाएका छन् । मंगलबार उपत्यका प्रहरी कार्यालयमा आयोजित समारोहमा उनलाई बिदाइ गरिएको छ ।

कांग्रेसका बागी उम्मेदवारलाई कारबाही

बीमा समिति मंगलबारदेखि औपचारिक रूपमै प्राधिकरणमा परिणत भएको छ । नेपालको संविधान, २०७२ बमोजिम सङ्घीय संसद्बाट बनेको बीमा ऐन, २०७९ को व्यवस्थाबाट कात्तिक २२ गतेदेखि समिति प्राधिकरणमा परिणत भएको हो ।

घरजग्गाको कित्ताकाट ​घट्यो

भू–उपयोग नियमावली र घरजग्गा कारोबार घट्दा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा घरजग्गाको कित्ताकाटमा ८६.२४ प्रतिशतले कमी आएको छ । गत आर्थिक वर्ष २०७८/०७९ को श्रावण/भदौ र असोज महिनादेखि चालु आर्थिक वर्ष २०७९/०८०को सोही तीन महिनामा घरजग्गाको कित्ताकाटमा ८६.२४ प्रतिशतले कमी आएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जानकारी दिएको हो । 

अख्तियारले गर्‍यो १२४ थान मुद्दा पुनरावेदन

पर्याप्त प्रमाण हुँदाहुँदै पनि विशेष अदालतले सफाई र आंशिक ठहर मात्रै गरेको भन्दै अख्तियारले असारदेखि कात्तिक २१ गतेसम्म १२४ थान मुद्दा पुनरावेदन गरेको छ । अख्तियारले मंगलबार पत्रकार सम्मेलन गर्दै साढे ५ महिनाको अवधिमा यो सङ्ख्यामा पुनरावेदन गरेको हो ।

चुनावी ब्याटलग्राउन्ड

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप