गण्डकी सरकार मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर
गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम २०६८ जेठ २९ मा गठन भई विभिन्न मितिमा हेरफेर तथा कार्यविभाजन भएको मौजुदा मन्त्रिपरिषद्मा मुख्यमन्त्रीको सिफारिसमा हेरफेर गरी कार्यविभाजन गर्नुभएको प्रदेश प्रमुखको कार्यालयद्वारा आज जारी सूचनामा जनाइएको छ ।
मन्त्रिपरिषद् हेरफेर तथा कार्यविभाजन अनुसार यस अघि ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका हरिशरण आचार्य हालको मन्त्रिपरिषद्मा रहेको छैन । उनले सम्हालेको मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगै राखिएको छ ।
अन्य मन्त्रालयको जिम्मेवारी भने पूर्ववत् मन्त्रीहरूकै जिम्मामा रहेको छ । यसअघि बिना विभागीयमन्त्रीमा नियुक्त भएका आचार्यले असार ११ मा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका थिए । उनी गत निर्वाचनमा गोरखा जिल्लाबाट बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा विजयी बनेका थिए । अहिलेको निर्वाचनमा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका आचार्यले पछि उम्मेदवारी फिर्ता लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङको जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना
-
कस्तो बन्नुपर्छ आगामी वर्षको बजेट ?
-
थाइल्याण्डमा गाँजाको प्रयोगमा फेरि प्रतिबन्ध लगाउने तयारी
-
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको सुरक्षाबारे अमेरिकाको चिन्ता
-
कांग्रेस संसदीय दलको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
रोमाञ्चक पुनरागमन गर्दै रियल फाइनलमा