सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

सञ्जय थापाको नेतृत्वमा प्रवासी नेपाली मञ्चको नयाँ कमिटी चयन

मङ्गलबार, २२ कात्तिक २०७९, १९ : ४१
मङ्गलबार, २२ कात्तिक २०७९

प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनले सञ्जय थापाको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय कमिटी सर्वसम्मत चयन गरेको छ । कमिटीमा थापासहित उपाध्यक्षमा रमेश पाण्डे, सचिव हेम शेर्पा, उपसचिवमा चानक पोख्रेल र कर्ण शाहीसहित २९ जना चयन भएका हुन् ।

काठमाडौको बुढानीलकण्ठस्थित पार्कभिलेज रिसोर्टमा सम्पन्न अधिवेशनले प्रवासी नेपाल मञ्च लगानी कोष सञ्चालन गर्नका लागि १ अर्ब रुपैयाँ सङ्कलन गर्ने घोषणा गरेको छ । त्यस्तै, प्रवासी नेपालीहरूको गतिविधिलाई थप प्रभावकारी बनाउन नेपालमा प्रवासी नेपाली भवन निर्माण गर्न २० करोड रुपैयाँ सङ्कलन गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

मञ्चले नेपाली नागरिकताको निरन्तरता र प्रवासमा रहेका नेपालीहरूले प्रवासबाटै आफ्नो मताधिकार प्रयोग गर्न पाउने व्यवस्थाको लागि अधिवेशन नेपाल सरकारसँग माग गरेको छ । यही कार्तिक १९ गते उद्घाटन सत्र र २० गते  बन्दसत्र गरी दुई दिनसम्म चलेको उक्त अधिवेशनको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । 

विश्वका ३७ वटा देशका ३०० जना प्रतिनिधिहरूको सहभागितामा सम्पन्न उक्त अधिवेशनको दोस्रो दिनको बन्द सत्रमा राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदनमाथि पाँचवटा समूह बनाइ छलफल गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप