बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बाँकेलाई सिधा सिंहदरबारसँग जोडेको छु : मन्त्री अथक

मङ्गलबार, २२ कात्तिक २०७९, १९ : ३२
मङ्गलबार, २२ कात्तिक २०७९

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ले बाँकेलाई सिधा सिंहदरबारसँग जोडेको बताएका छन् । मंगलबार राप्तीसोनारी गाउँपालिका वडा नं. ६ स्थिति चुनावी सभालाई सम्बोधन गर्दै उनले बाँके जिल्लालाई सिधा सिंहदरबारसँग जोडेको बताएका हुन् । 'मलाई पहिलो पटक चुनाव जिताएर यहाँहरूले मन्त्री बन्ने अवसर जुटाइदिनुभएको छ', मन्त्री अथकले भने, 'मैले क्षेत्रको प्रतिनिधित्व गर्दै बाँकेलाई सिंहदरबारसम्म जोडे सफल भएको छु ।' 

आफ्नो ५ वर्षे कार्यकालमा पटक पटक संसदमा बाँकेका समस्याहरू उठाएको स्मरण गर्दै बाँके क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहेका मन्त्री अथकले भने, 'बाँकेको पहुँच सिधै सिंहदरबारसम्म स्थापित भइसकेको छ । यहाँको विकासका निम्ति म सधैँ प्रतिबद्ध छु, फेरि पनि निर्वाचित गराएर उक्त जिम्मेवारी दिनुहुनेछ भन्ने आशा लिएको छु ।'

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य पदकी उम्मेदवार कृष्णा केसी नमुनाले राप्तीपारीको विकासका र परिवर्तनका लागी आफूले विभिन्न पहलकदमी चालेको बताउँदै राप्तीसोनारी र नरैनापुरको समग्र विकास र परिवर्तनका लागि आफू कटिबद्ध भएर लागेको बताइन् ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा समानुपातिक उम्मेदवार संगीता थारुले वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराएमा मधेसी मुस्लिम दलित र महिलाका अधिकार सुरक्षित हुने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप