बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकद्वारा च्याटबट सेवा–सिटिजन्स साथीको सुरुवात

मङ्गलबार, २२ कात्तिक २०७९, १९ : २६
मङ्गलबार, २२ कात्तिक २०७९

डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरूका लागि वेबसाइटमार्फत च्याटबट सेवा –सिटिजन्स साथीको’ शुभारम्भ गरेको छ । यस सेवामार्फत अब आदरणीय ग्राहकहरूले कुनै पनि बैंकिङ सेवाहरूको अनुरोध सिधै च्याटबट सेवाद्वारा गर्न सक्नेछन् । 

ग्राहकहरूले बैंकिङ सेवासम्बन्धी जिज्ञासाहरूको लागि यस प्लेटफममार्फत बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न पाउने बैंकले जनाएको छ । यस सेवा ग्राहकमैत्री हुनुका साथै ग्राहकहरूका लागि अझ सहज, सुरक्षित, सर्वसुलभ, र विश्वास योग्य हुने विश्वास बैंकले लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप