उपत्यका प्रहरी कार्यालयका एआईजी धानुकको बिदाइ, ४ एआईजीको दरबन्दी रिक्त
उपत्यका प्रहरी कार्यालयका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र बहादुर धानुकले अवकाश पाएका छन् । मंगलबार उपत्यका प्रहरी कार्यालयमा आयोजित समारोहमा उनलाई बिदाइ गरिएको छ । उपत्यका प्रहरी कार्यालयमा कार्यरत डीआईजी किरण राणासहितका उच्च प्रहरी अधिकारीहरुले उनलाई बिदाइ गरेका हुन् ।
प्रहरी अतिरिक्त महानिरीक्षकको ५६ वर्षे उमेर हदका कारण धानुकले अवकाश पाएका हुन् ।२०७९ साउन २० मा विश्वराज पोखरेल र भदौ २३ मा मुकुन्दराज आचार्यले अवकाश पाएका थिए । अहिलेका आईजीपी धिरज प्रताप सिंहसँगै २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका पोखरेल र आचार्यले उमेरहदका कारण अवकाश पाएका हुन् । यस्तै प्रशासन विभाग प्रमुख एआईजी अरुण कुमार बि.सी. कार्तिक १४ बाट अवकाशमा गइसकेका छन् ।
यससँगै प्रहरीमा चारजना एआईजीको दरबन्दी रिक्त भएको छ । धानुक प्रहरी नियमावली संसोधन गरेर एआईजीको उमेरहद ५८ वर्ष बनाउने कसरतमा लागेका थिए । तर, उनी सफल भएनन् । २०७८ चैत १७ मा धिरज प्रताप सिंह सँगै धानुकलाई मन्त्रिपरिषद्ले एआईजीको दरबन्दी थपेर बढुवा गरेको थियो । विश्वराज पोखरेलसहित ४ प्रतिस्पर्धीलाई पछि पार्दै एआईजी भएको एक महिनामा सिंह आईजीपी भएका थिए । अरुण बिसी र धानुकको अवकाश सँगै प्रहरीमा चारजना एआईजीको दरबन्दी रिक्त भएको छ ।
एक दर्जन प्रतिस्पर्धी
रिक्त ४ वटा एआईजी पदमा बढुवा हुन करिब एक दर्जन डीआईजी प्रतिस्पर्धामा छन् । मधेस प्रदेशका डीआईजी मसाउद अलम खाँ, लुम्बिनी प्रदेशका नल प्रसाद उपाध्याय र सुदूरपश्चिमम प्रदेशका मोहन कुमार आचार्य मेरिट लिस्टमा अगाडि छन् ।
२०७९ असारमा प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा भएका बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, अशोक सिंह र दिपक थापा प्रतिस्पर्धामा अगाडि छन् । बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत डीआईजी किरण बज्रचार्य, उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत मीरा चौधरीसहित सन्दिप भण्डारी, दुर्गा सिंह र किरण राणा पनि एआईजीका प्रतिस्पर्धी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण