बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अब तीव्र गतिमा सवारी साधन चलाउनेले पनि  सचेतना कक्षा लिनुपर्ने

मङ्गलबार, २२ कात्तिक २०७९, १६ : ३६
मङ्गलबार, २२ कात्तिक २०७९

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिर १५ गतेदेखि तीव्र गतिमा सवारी साधन चलाउने चालकहरुले पनि सचेतना कक्षा लिनुपर्ने जनाएको छ । तीव्र गतिमा सवारी चलाएमा  नियम अनुसार जरिवाना हुनुका साथै अनिवार्य रुपमा १ घण्टाको सचेतना कक्षामा बस्नुपर्ने महाशाखाको भनाइ छ । 

अहिले सम्म मापसे गरेर सवारी साधन चलाउने, लेन नियम उल्लङ्घन गर्ने  र रातो बत्ती क्रस गरेमा नियम अनुसार कारबाही गरी अनिवार्य रुपमा सचेतना कक्षा लिनुपर्ने व्यवस्था गरिएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप