आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मनहरीमा विरोध खतिवडामाथि दुर्व्यवहार, एक जना पक्राउ

मङ्गलबार, २२ कात्तिक २०७९, १६ : १३
मङ्गलबार, २२ कात्तिक २०७९

मकवानपुरको मनहरीमा नेकपा एकीकृत समाजवादीका नेता तथा मकवानपुर –२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विरोध खतिवडामाथि दुर्व्यवहार भएको छ । 

मनहरी गाउँपालिका वडानम्बर –४ मा चुनावी कार्यक्रमका लागि जाने क्रममा मंगलबार पूर्वमन्त्री समेत रहेका नेता खतिवडामाथि दुव्र्यवहार भएको मकवानपुर प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी टेकबहादुर कार्कीले खतिवडामाथि अभद्र व्यवहार गर्ने पुरुषोत्तम खड्कालाई नियन्त्रणमा लिएको जानकारी दिए । उनले घट्नाबारे थप जानकारी लिने काम भइरहेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप