आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

केपी ओलीले संविधान र संघीयतालाई अपहरण गर्ने काम गरे : प्रचण्ड

मङ्गलबार, २२ कात्तिक २०७९, १५ : ५३
मङ्गलबार, २२ कात्तिक २०७९

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीले संविधान र संघीयतालाई अपहरण गर्ने काम गरेको बताएका छन्। उनले लामो बलिदानी पश्चात् स्थापित गणतन्त्र र संघीयतामाथि अपराध गरेको बताए ।

कालिकोटको रास्कोटमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले देशलाई सहि मार्गमा अघि बढाउलान् भनेर प्रधानमन्त्री बनाइएको तर उनी शासक निस्किएको बताए ।  ‘हामीले अघि सारेको प्रधानमन्त्रीले आर्जन गरेको उपलब्धिलाई अपहरण गर्ने काम गरे । ओलीको अहंकारी निर्णयविरुद्ध नै गठबन्धन बनेको हो,’प्रचण्डले भने,‘ संविधानको रक्षा, महिलाको हक अधिकारको रक्षाको लागि यो गठबन्धनलाई जिताउनुहोस्।’ प्रचण्डले देशलाई उल्ट्याउन चाहनेहरूको अर्को गठबन्धन बनेको भन्दै त्यसको विपक्षमा जनता उभिन आग्रह गरे ।

उनले भने,‘ उनीहरुले यो देशलाई निरंकुशतातर्फ धकेल्दै छन् । दुई तिहाइको सरकारलाई असंवैधानिक काम गरेर देशलाई अस्थिरतातर्फ लैजाने काम गरेकाले पुनः भोट दिनुप¥यो भनेर जनतामाझ गइरहेका छन् ।’ प्रचण्डले ओलीलाई क्षमायाचनासहित माफी मागेर जनताको बीचमा जानुपर्ने बताए । ‘उल्टै विघटन गरेको पनि ठिकै गरेको हो भन्दै प्रचार गरेर हिँडिरहेका छन्,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप