शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंकको ‘भिसा रेमिट्यान्स’ सेवाको शुभारम्भ

मङ्गलबार, २२ कात्तिक २०७९, १५ : १४
मङ्गलबार, २२ कात्तिक २०७९

सिद्घार्थ बैंकले रेमिट्यान्स सेवालाई सरल, सहज र सुरक्षित बनाउने उद्देश्यले भिसा इन्टरनेसनलसँगको सहकार्यमा ‘भिसा रेमिट्यान्स’ सेवाको सुरुवात गरेको छ ।

उक्त नविन सेवा मार्फत विश्वका १८० भन्दा बढी देशबाट स्वदेशी तथा विदेशी ग्राहकहरुले आफ्ना परिवार, आफन्त तथा साथीहरुलाई छिटो तथा सुरक्षित तरिकाले रकम पठाउन सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  स्वदेशी तथा विदेशी ग्राहकहरुले ‘भिसा रेमिट्यान्स’ सेवामा आबद्ध भएका बैंकहरुको मोबाइल÷इन्टरनेट बैंकिङ्ग तथा रेमिट्यान्स कम्पनीहरू मार्फत भिसा कार्डको १६ अंकको नम्बर प्रयोग गरी उक्त रकम पठाउन सक्नेछन् ।

यो सेवा मार्फत पठाइएको रकम यस बैंकले जारी गरेको भिसा डेबिट ९ लिंक गरिएको बैंक खातामा ० तथा क्रेडिट कार्डमा सोझै प्राप्त गर्न सकिनेछ ।  यस सेवाले गर्दा ग्राहकवर्गहरुको रेमिट्यान्स सेवा अझ छिटो, सुरक्षित र सुविधाजनक रहने विश्वास बैंकले लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप