शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

संविधानको रक्षाका लागि गठबन्धन : प्रचण्ड

मङ्गलबार, २२ कात्तिक २०७९, १४ : ५९
मङ्गलबार, २२ कात्तिक २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधानको रक्षाका लागि सत्ता गठबन्धन बनेको बताएका छन् । मंगलबार जुम्लामा आयोजित सत्ता गठबन्धनको कार्यक्रममा बोल्दै प्रचण्डले देश विकास र आर्थिक क्रान्ति गर्न विगतमा बाम गठबन्धन गरेर नेकपा बनाइएपनि केपी ओलीको रवैयाका कारण संविधाननै संकटमा परेको बताए । 

‘७० वर्ष लडेर ठुलो त्याग र बलिदानबाट ल्याएको संविधान कम्युनिष्ट पार्टीकै नेताका नामबाट च्यात्ने दुस्साहस गरियो’, प्रचण्डले भने, ‘प्रधानमन्त्रीको कुर्सीबाटै गरियो । संविधान मिचेर लोकतन्त्रका मूल्य मान्यतालाई ध्वष्त पार्न खोजियो । त्यसका विरुद्ध संघर्ष गर्नुपर्ने आवश्यकता आयो । त्यही क्रममा वर्तमान गठबन्धन बनेको हो ।’ प्रचण्डले वर्तमान सत्ता गठबन्धनले बहुमतको सरकार बनाउनेमा कुनै दुई मत नरहेको बताए । 

कार्यक्रममा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले संविधान, लोकतन्त्र र गणतन्त्र मास्न कुचेष्टा गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जनतासामु गएर भोट माग्न राजनीतिक इमानदारिता नरहेको बताए । कार्यक्रममा प्रचण्ड र खड्कासहितका नेताहरूले गठबन्धनको पक्षमा भोट हाल्न आग्रह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप