पाल्पाको सत्यवती मन्दिरमा चिच्चाएर वर माग्दै
पाल्पाको सत्यवतीमा आज चिच्चाएर वर माग्ने धार्मिक मेला लागेको छ । सत्यवती बज्यैले कान नसुन्ने भएकोले चिच्चाएर वदरदान माग्नुपरेको भनाइ रहेको छ । सत्यवती बज्यैसँग चिच्चाएर मागेको वरदान पूरा हुने भन्दै भक्तजनहरु मन्दिरमा आउने गरेका छन् ।
सत्यवती बज्यैसँग रातीमा मात्र चिच्चाएर वदरदान माग्ने प्रचलनलाई आजभोलि दिउँसोमा पनि वर माग्ने गरिएको छ । सत्यवती मन्दिरको किनारमा ताल रहेकोले भक्तजनहरुले तालको वरीपरी घुम्दै चिच्चाएर वरदान माग्ने गर्दछन् । सत्यवती मन्दिर नजिकै तालमा कार्तिक शुल्क चतुर्दशीको दिन सत्यवती बज्यैलाई सम्झेर बासको लिङ्गो गाडी चिच्चाएर वरदान माग्ने र अर्काे दिन बिहान उज्यालो नहुँदै पुर्णिमाको दिन गाडेको लिङ्गो उठाएर घरमा ल्याउने प्रचालन रहँदै आएको छ । दर्शनका लागि र वर माग्न मन्दिर पुग्नुभएका चन्द्रकान्त खनाल र केशव खत्रीले चिच्याएर वर मागे पूरा हुने र कतिपय मागेका वरहरु पूरा हुँदै आइरहेको बताए । उनीहरुले धार्मिक आस्थाका कारण परापूर्व कालदेखिको परम्परालाई मान्दै आएको र आफूले मागेका वरहरु सानैदेखि पूरा हुँदै थएको बताए ।
भक्तजनले मागेका कुराहरु सत्यवती बज्यले पूरा गरिदिने जनविश्वासको आधारमा राँगा, कुखुरा, हाँस, बोकाको बली दिने वा त्यतिकै जंगलमा छाडिदिने प्रचालन रहँदै आएको छ । सत्यवती मन्दिरमा चिच्चाएर वरदान माग्न पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, कास्की, चितवन, दाङ, पर्वत वागलुङ, म्याग्दीका साथै भारतको गोरखपुर, लखनउ लगायतका क्षेत्रबाट भक्तजनको भीड छ ।
वर्षको एक पटक मात्र पुग्ने धार्मिक पर्यटकलाई १२ महिना नै आकर्षित गर्न गुरुयोजना बनाएर काम गर्ने तयारी गरेको तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठ बताए । उनले १२ महिना पर्यटकलाई ल्याउनसके सो क्षेत्रको विकास हुन समय नलाग्ने बताए । उनले अहिले गाउँपालिकाले मन्दिर व्यवस्थापनका लागि बजेट छुट्याएर अघि बढेको र आगामी दिनमा यसको संरक्षणका लागि पनि विशेष पहलकदमी लिने बताए ।
सिद्धार्थ राजमार्ग तानसेन–बुटवल सडक खण्डको झुम्सा पानी मिलबाट करीव १ घण्टाको उकालो पैदल दूरी पार गरी सत्यवती मन्दिरमा पुग्न सकिन्छ । परम्पराकालमा रातिमा मात्र दर्शन गर्ने प्रचलन परिमार्जन हुँदै अहिले दिउँसो र राति दुवै समयमा पूजाआजा गर्ने र वर माग्ने प्रचलन शुरु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको सत्तामा हाम्रो पार्टीको 'इन्ट्री', बज्राचार्य बने मन्त्री
-
रास्वपाले गर्यो एमाले पार्टी कार्यालयको अध्ययन भ्रमण
-
इलाम—२ मा रास्वपाले बनायो मिलन लिम्बूलाई उम्मेदवार
-
मन्त्री बन्न र सत्ता जोगाउन बागमतीमा ५ बुँदे निर्णय
-
सादा पोसाकमा प्रहरी परिचालन नगर्न सर्कुलर
-
‘डमरू’ जस्तो सङ्घीयताले राजनीतिक अस्थिरता बढायो : राजेन्द्र श्रेष्ठ