जसपाका रौतहट जिल्ला अध्यक्षले दिए पार्टीबाट राजीनामा
मङ्गलबार, २२ कात्तिक २०७९, १४ : १७
जनता समाजवादी पार्टी (जसपा)का रौतहट जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलले पार्टीको साधारण सदस्य समेत नरहने गरी पदबाट राजीनामा दिएका छन् । उनी हाल कुनै पार्टीमा गएका छैनन् ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले एमालेसँग गठबन्धन गरेको कारण पार्टीबाट राजीनामा दिएको उनले बताए । उनले भने, ‘अहिले चुनावमा हामीलाई मतदाता समक्ष जान पनि गाह्रो भइरहेको छ, जुन पार्टीले नागरिकता विधेयक पारित हुन दिएन, मधेसीलाई पटकपटक अपमान गर्‍यो, संविधान संशोधन हुन दिएन आज सोही पार्टीसँग जसपाले गठबन्धन बनाएको छ, त्यसले गर्दा पार्टीमा काम गर्न निकै गाह्रो भएको कारण राजीनामा दिएको छु ।’
नेता पटेल २०६४ साल अर्थात् मधेस आन्दोलनदेखि नै सो पार्टीसँग जोडिएका थिए । उनी २०७४ को स्थानीय चुनावमा रौतहटको देवाहीगुनाही नगरपालिकाका मेयरमा पनि जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय