आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

चितवन २ मा १० हजार युवालाई रोजगारी दिन्छुः उमेश श्रेष्ठ

मङ्गलबार, २२ कात्तिक २०७९, १२ : १९
मङ्गलबार, २२ कात्तिक २०७९

चितवन निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका उमेश श्रेष्ठले यहाँका १० हजार युवालाई रोजगार दिने बताएका छन् । चुनाव प्रचार प्रसारका लागि घरदैलो गर्ने क्रममा उनले जनतासामु यस्तो वाचा गरेका हुन् ।    उनले चितवनमा राष्ट्रिय, बहुराष्ट्रिय उद्योगहरु भित्र्याएर, शक्तिखोर औद्योगिक क्षेत्र निर्माण गरेर हजारौं रोजगारी सृजना गर्ने बताए । इच्छाकामनाका पहाडहरुमा लघुउद्यम सञ्चालन गरेर यहाँको समग्र आर्थिक विकास र रोजगार सृजना गर्ने उनको प्रतिवद्धता छ ।

महिलाहरूलाई स्वरोजगार बन्न तालिम प्रदान गर्ने, युवाहरूलाई विभिन्न सीपमुलक तालिम दिने र विदेशिनु पर्ने बाध्यता हटाएर यही ठाउँमा काम गर्न सक्ने गरी वातावरण बनाउने उनको वाचा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप