आवश्यक विद्यार्थी नपाएपछि सीटीईभीटीद्वारा पुनः आवेदन माग

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले पुनः प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ ।
प्रमाणपत्र तहका डिप्लोमा इन फार्मेसी, प्रमाणपत्र तह सामान्य चिकित्सा र प्रमाणपत्र तह नर्सिङबाहेकका स्वास्थ्य तर्फका कार्यक्रमहरूमा पूर्ण शुल्क तर्फका सिटहरू रिक्त रहेपछि पुनः प्रवेश परीक्षाको लागि आवेदन माग गरेको हो ।
शैक्षिक सत्र २०७९/८० मा सञ्चालन गरिने शैक्षिक कार्यक्रमहरूमा पूर्ण शुल्कतर्फ आवश्यक विद्यार्थीले आवेदन नदिएपछि पुनः प्रवेश परीक्षाका लागि आवेदन माग गरेको हो ।
सीटीईभीटी परीक्षा समितिको १८ कात्तिकको बैठकले पूर्ण शुल्क तर्फ रिक्त रहेका सिटहरूमा पुनः प्रवेश परीक्षा लिई भर्ना गर्ने र सम्बन्धित शिक्षण संस्थाले अतिरिक्त कक्षाहरू सञ्चालन गरी पठनपाठन अनिवार्य रूपमा शैक्षिक कार्यतालिका अनुसार व्यवस्थापन गर्ने गरी पुनः आवेदन आह्वान गर्ने निर्णय गरेको थियो ।
परीक्षा नियन्त्रक यमप्रसाद भुर्तेलले विद्यार्थी कम हुनुका साथै सीटीईभीटीको निर्देशिका अनुसार पुनः प्रवेश परीक्षाका लागि आवेदन माग गरिएको बताए । ‘अहिले अपग्रेटबाट पनि केही विद्यार्थी आएका छन् । त्यस्तै विद्यार्थी कम भर्ना भए भनेर पनि कुरा आयो । त्यसमा हाम्रो निर्देशिकाले रजिष्ट्रेशन गर्नुअघि पुनः प्रवेश परीक्षा लिन सकिने व्यवस्था भएकाले खोलेका हौं’ परीक्षा नियन्त्रक भुर्तेलले भने ।
अहिले देशभरका ४० देखि ५० प्रतिशत सिट रिक्त रहेको सीटीईभीटीले जनाएको छ । एचए, फार्मेसी र नर्सिङबाहेक फिजियो, आयुर्वेदिक, ल्याब, रेडियोग्राफी लगायतका विषयमा पुनः प्रवेश परीक्षाका लागि आवेदन आह्वान गरेको हो ।
यी विषयमा विगतका वर्षमा पनि कमै विद्यार्थी भर्ना हुने गरेको परीक्षा नियन्त्रक भुर्तेलले बताए । योग्यता पुगेका व्यक्तिहरूले २७ कात्तिक २०७९ भित्र आवेदन फारम भर्न अनुरोध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीको पर्यटकीय सुधारका लागि दाताले दिएका विद्युतीय सवारीको विजोग, कतिपयको पाङ्ग्रा गायब
-
शिक्षक महासंघसँग सिंहदरबारमा मध्यरातमा वार्ता, सरकार सकारात्मक, ठोस निर्णय हुन बाँकी
-
राजस्थानको विष्फोटक व्याटिङले गुजरातलाई झट्का, सूर्यवंशीले गरे चमत्कार
-
तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन शुरु
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म