शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

समुद्रमा भेटिए यस्ता जीव जसलाई पहिले कहिल्यै देखिएको थिएन, वैज्ञानिकसमेत चकित

मङ्गलबार, २२ कात्तिक २०७९, ११ : ५९
मङ्गलबार, २२ कात्तिक २०७९

अष्ट्रेलियाको पश्चिमी तटभन्दा २५ सय किलोमिटर पर दुई नयाँ मरिन पार्क छन् । यो पार्कमा अनुसन्धान गर्दा अनुसन्धाताले निकै अचम्मका समुद्री जीव भेटेका छन् । यी जीव भेटिनु शोधकर्ताका लागि सपना साकार भएजस्तै थियो ।

३० सेप्टेम्बर २०२२ मा यो समुद्री खोज अभियान समाप्त भएको थियो । म्युजियम भिक्टोरिया (एमभी) मा समुद्री इन्भर्टिब्रेट्सका वरिष्ठ क्युरेटर टिम ओ’हाराका अनुसार यो क्षेत्र डायनासोर युगका बेला ठूलो परिमाणमा बनेका समुद्री पर्वतले घेरेको छ । यो क्षेत्र प्रशान्त र हिन्द महासागरबीच एउटा निकै महत्वपूर्ण स्थानमा छ । उनले भने, ‘हामी साँच्चै नै नयाँ प्रजाति भेटिएकोमा निकै उत्साहित छौँ जुन हालसम्म यो इलाकाको छालको मुनी लुकेका थिए ।’

नयाँ मरिन पार्कको क्षेत्र कोकोस किलिङ र क्रिसमस आइल्याण्ड समूहको आसपास ७,४०,००० वर्ग किलोमिटर सुमद्रको रक्षा गर्नेछ । यी क्षेत्रको बाटोमा अनुसन्धानकर्ताले निकै अचम्मका माछा र जीव भेटिएका छन् । उनीहरुले पखेटा भएका माछा देखे जुन हावामा तैरने कोसिस गरिरहेका थिए । अस्ट्रेलियन म्युजियम रिसर्च इन्स्टिच्युटका फिश बायोलोजिस्ट यी काई टीले यात्राबारे कुरा गर्दै यी जनावरलाई समुद्री पंक्षीबाट खतरा भएको बताए ।

अनुसन्धानकर्ताले ३५ दिन १३ हजार किलोमिटरको खोज यात्रा गरे । यतिबेला सोनारको प्रयोग गर्दै उनीहरुले समुद्र सतहको म्यापिङ गरे जसमा उनले प्राचीन समुद्री पहाड, ज्वालामुखी, उपत्यकता र चट्टानहरु भेट्टाए । यी ज्वालामुखी १४ देखि ०.५ करोड वर्ष अघि बनेका थिए ।

सोनारबाट के पत्ता लाग्यो भने कोकोस किलिङ आइसल्याण्ड वास्तवमा एक विशाल समुद्री पहाडका दुई चुचुरो हुन् जुन समुद्र सतहबाट करिब ५ हजार मिटर उचाइमा छ । उनीहरुले तेस्रो जलमग्न चुचुरा पनि फेला पारे जुन समुद्री सतहभन्दा ३५० मिटर मुनी छ ।

क्रुले सतहभन्दा ५,५०० मिटरको गहिराईमा सानो जाल फ्याँकेका थिए जसमा उनीहरुले प्रजातिको एउटा ठूलो खजाना भेटिएको जानकारी दिए । ओहाराका अनुसार यीमध्ये एक तिहाई प्रजाति विज्ञानका लागि नयाँ हुनसक्छन् । यसमा एक नयाँ खालको ब्ल्याइन्ड कस्क ईल समावेश छ जसको छाला लचिलो, चिपचिपे र आर–पार देखिने खालको हुन्छ ।

एमभीका सिनियर कलेक्सन म्यानेजर डायने ब्रेका अनुसार यी माछाका आँखा निकै साना हुन्छन् । तस्बिरलाई ध्यान दिएर हेर्नुहुन्छ भने आँखा छालामा सानो सुनौलो खाल्डोजस्तो छ । यो निकै दुर्लभ भएको उनी बताउँछन् ।

उनीहरुले गहिरो समुद्रमा बस्ने ब्याटफिस पनि भेटे जुन हेर्दा रेवियोलीजस्ता छन् र निकै क्युट छन् । यो अचम्मको जीवको पछाडिको पखेटा ठूलो खुट्टा जस्तो देखिन्छ जसको मद्दतले यसले समुद्रको सतहमा पौडिन्छन् ।

त्यहाँ एउटा यस्तो माछा पनि थियो जसको पखेटा लामो र ट्राइपोडजस्तो आकृति थियो जुन भुइँमा टाँस्सिएका थिए । यसले ती माछालाई समुद्र सतहभन्दा माथि हिँड्न सक्छ र तल भएका कुनै पनि शिकारलाई झम्टिन पनि सक्छ । यसलाई ट्राइपोड फिस नाम दिइएको छ ।

यसबाहेक गहिरो समुद्रमा उनीहरुले हरबिट क्र्याब पनि भेटे जुन नरम कोरलको शेलजस्तो देखिन्थ्यो । साथै, यो इलाकाबाट धेरै नै सी कुकम्बर, सी स्टार समुद्री घोंघी पनि भेटिए ।

जहाज फिर्ता आएपछि स्याम्पल लिइएका जीवबारे अनुसन्धान गरिनेछ र यसलाई भिन्न भिन्न जनावरको समूहमा स्थान दिएर त्यसका प्रजातिबारे पत्ता लगाइनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप