कमला नदीमा भूत मेला, श्रद्धालुको घुइँचो

सिरहा र धनुषाको सिमाना स्थित कमला नदीमा भूत मेला लागेको छ । आज नदी किनारमा बिहानैदेखि स्नान गर्ने श्रद्धालुको घुइँचो लागेको छ ।
कमलाको उत्तराहिनी , सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाटमा भक्तजनको भीड नै लागेको छ । कार्तिक पूर्णिमामा कमलामा स्नान गर्नाले भूतबैताल भाग्ने र धामी–झाँक्रीले तान्त्रिक सिद्धिप्राप्त गर्ने जनविश्वास रहेको छ ।
बर्सेनि धामी–झाँक्रीले भूत र घरको कूलदेवता खेल्दै कमला नदीमा पुगेर स्नान गर्ने चलन सदियौँदेखि रहिआएको र त्यसैले यसलाई भूत मेला भन्ने गरिएको बताइएको छ । आजको दिन नयाँ–नयाँ धामी–झाँक्री कमला स्नान गरेपछि तन्त्र विद्यामा निपुण हुने मान्यता पनि रहेको छ । भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले नदीको शुद्धपानी आ–आफ्नो घर लैजाने गर्छन् ।
उक्त पानी पूजाअर्चना अथवा सुद्धि गर्न गङ्गाजलजस्तै पवित्र मानिन्छ । भूत मेला हेर्न सो नदी किनारमा हजारौं सङ्ख्यामा श्रद्धालु भक्तजन सहभागी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसको तर्फबाट १५५ चिनियाँ सैनिक युक्रेनसँग लडिरहेको जेलेन्स्कीको दाबी
-
ट्यारिफ रोक्ने ट्रम्पको घोषणापछि एशियाली बजारमा हरियाली
-
जयपृथ्वी बहुमुखी क्याम्पसमा अनेरास्ववियुका बोहरा विजयी
-
ब्याट्सम्यानहरु चम्किएपछि नेपालले कुवेतलाई ६ विकेटले हरायो, कुशल र आसिफको अर्धशतक
-
५० वर्षदेखि गरिबको ट्याग लगाएर हिँडिरहेका थियौँ
-
‘सहुलियत गुम्नुअगाडि नै देशहरूसँग द्विपक्षीय सम्झौता गर्नुपर्छ’