शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

फेरि सुदूरपश्चिम आउँदै एमाले अध्यक्ष ओली

मङ्गलबार, २२ कात्तिक २०७९, ०७ : ५८
मङ्गलबार, २२ कात्तिक २०७९

एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न फेरि सुदूरपश्चिम प्रदेश आउने भएका छन् । १८ कात्तिकमा दार्चुलाबाट चुनावी सभा सुरु गरेका ओली केही दिन अघि काठमाडौं फर्किएका थिए ।

उनी २६ कात्तिकमा सुदूरपश्चिमका तीन स्थानका आमसभालाई सम्वोधन गर्ने भएका हुन् । एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार ओलीले २६ कात्तिक बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

ओलीले कात्तिक १८ गते पनि दार्चुला, बैतडी र कञ्चनपुरको महेन्द्रनगरका तीनवटा सभालाई सम्बोधन गरेका थिए ।

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप