निर्देशिका बमोजिम सञ्चालन नगर्ने २० वटा स्कुल बस प्रहरी नियन्त्रणमा
विधार्थीहरुको सुरक्षित आवागमनको लागि स्कुल बस निर्देशिका अनुसार सवारी साधन सञ्चालन नगर्ने २० वटा स्कुल बसलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई १५ दिन भित्र मापदण्ड पूरा गरी ट्राफिक प्रहरी कार्यालयमा देखाउने सर्तमा छाडिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सोमबार गरिएको चेकजाँचमा सवारी चालक अनुमतिपत्र नभएको एक, बसको झ्यालमा डण्डी नराख्ने १०,कागजपत्र साथमा नराख्ने ४ वटा र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ५ वटा स्कुल बसलाई नियन्त्रणमा लिएको हो ।
विशेष गरी पछिल्लो समयमा मापदण्ड विपरीत विद्यार्थी बोक्ने सवारी साधन सञ्चालन गर्दा दुर्घटना समेत बढी हुने गरेकाले मापदण्ड विपरीत स्कुल बस सञ्चालन नगर्नु काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ । मापदण्ड अनुसार स्कुल बस सञ्चालन भए नभएको निरन्तर अनुगमन गरिने साथै मापदण्ड विपरीत सञ्चालन गरेमा प्रचलित नियमअनुसार कारबाही हुने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा एक दिवसीय ‘चाइना फिल्म डे’ सम्पन्न
-
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : के-के भए निर्णय ?
-
गाँजा खेतीलाई वैध गर्नुपर्छ : मुख्यमन्त्री लामा
-
राक्सिराङ–७ लाई चेपाङ सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा
-
रास्वपाका सभापति लामिछानेसहित ६ प्रतिवादी धरौटी बुझाएर रिहा
-
धरौटी आदेशपछि रास्वपामा उत्साह, अदालत राजनीतिक प्रभावमा नपरेको बुझाइ