के गायक प्रकाश दूतराजले अष्ट्रेलियामा आत्महत्याको प्रयास गरेका हुन् ?
गायक प्रकाश दूतराजले अष्ट्रेलियामा आत्महत्याको प्रयास गरेका छन् । उनले अष्ट्रेलियामा स्थानीय समय अनुसार राति २ बजे झुण्डिएर आत्महत्या प्रयास गरेका थिए । दूतराज गायिका भूमिका गिरीसहित सांगीतिक कार्यक्रमका लागि अक्टोबर २० तारिखमा अष्ट्रेलिया पुगेका थिए । दुबै जनालाई आयोजकले फ्ल्याटमा राखेको थियो । आफू सुत्ने कोठामा दूतराजले झुण्डिने प्रयास गरेका थिए ।
ढोका खुल्लै भएका कारण गायिका भूमिकाले देखेपछि उनलाई उद्धार गरिएको थियो । आत्महत्या प्रयासको बिषयमा मिडिया विभिन्न प्रकारका समाचार बन्न थालेपिछ भने गायिका भूमिकाले घटना सामान्य भएको बताएकी छ्न् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै घटना मिडियामा आए जस्तो नभएको बताएकी हुन् । उनले लेखेकी छन्– ‘केही समय अघिदेखि तिव्र रुपमा प्रकाशनमा आएका न्युजहरुको हेडलाइनहरु हेरे अनि पढे । सामान्य कुरा थियो । तर, जसरी समाचारको माध्यमबाट जुन कुराहरू फैल्याइएको छ । ती सबै वास्तविक होइनन् ।’
उनले थप लेखेकी छन्– ‘यस खालका समाचारहरुकै कारण स्वयं प्रकाश दुतराज भाई, परिवार, साथि(भाई, आफन्त अनि माया गर्नुहुने दर्शक स्रोताहरु मा नकारात्मक प्रभाव पर्न सक्छ । प्रकाश भाई, आयोजक र म हामी सबैसँगै अष्ट्रेलियाको विभिन्न शहरहरूमा हुँदै गरेको कार्यक्रमहरूको तयारी गरिरहेका छौं । मलाई धेरै फोन म्यासेजहरु आएको कारण हजुरहरु सबै सबैलाई जानकारी गराउँदैछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ योजनाभन्दा पुराना कार्यक्रमलाई अभियानका रूपमा निरन्तरता दिँदै धनगढी उपमहानगर
-
रौतहट प्रहरीको वार्षिक उपलब्धि : ६ करोडको तस्करीका सामान बरामद, ४४८ फरार प्रतिवादी पक्राउ
-
फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध
-
रुसद्वारा युक्रेनमा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार, कम्तीमा आठ जनाको मृत्यु
-
इराकमा भएको इरानी आक्रमणमा एक अमेरिकी सैनिकको मृत्यु
-
अमेरिकी उपराष्ट्रपति भान्सलाई पुत्रलाभ, बने चौथो सन्तानको पिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण