जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई रोक्न सबैले मिलेर काम गर्नुपर्छ : महासचिव गुटेरेस
जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई रोक्न सबैले मिलेर काम गर्नुपर्ने संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले बताएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सोमबार इजिप्टमा आयोजित ग्लोबल वार्मिङलाई नियन्त्रण गर्ने विषयमा जारी कार्यक्रममा विश्वका नेताहरू माझ आफ्नो सो धारणा राखेका हुन् ।
कोभिड महामारीको प्रकोप र युक्रेन–रूसको युद्धबाट सङ्कटग्रस्त विश्व अर्थतन्त्र र यसका असरबारे टिप्पणी गर्दै महासचिवले यस्ता घटनाक्रमले अन्तर्राष्ट्रिय सम्बन्ध नै दबाबमा परेको समेत टिप्पणी गरेका छन् । ‘मानवतासँग विकल्प छः सहयोग गर्नुहोस् वा नष्ट गर्नुहोस्,’ महासचिवले शर्म अल शिकको रेड सी रिसोर्टमा आयोजित संयुक्त राष्ट्रसंघ कोप–२७ शिखर सम्मेलनमा सो कुरा बताएका हुन्। ‘यो या त जलवायु एकता सम्झौता हो, वा सामूहिक आत्महत्या सम्झौता हो।’ उनले भने।
गुटेरेसले धनी देशहरू र उदीयमान अर्थतन्त्रहरू बीचको ‘ऐतिहासिक’ सम्झौताको लागि आह्वान गर्दै जसले उत्सर्जन घटाउने र तापक्रम वृद्धिलाई पूर्व–औद्योगिक युगभन्दा माथि १.५ डिग्री सेल्सियसको पेरिस सम्झौता लक्ष्यलाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।
उनले चेतावनी दिँदै हालको प्रक्षेपणमा ‘हामी हाम्रो खुट्टा अझै एक्सेलेटरमा रहेको नरकको मौसमको राजमार्गमा छौं’ भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी
-
उमर खालिदले दिल्लीको अदालतबाट पाए अन्तरिम जमानत
-
‘नेपाल टेलिकमले ५ हजारसम्मको उपहार दिन्छ भन्ने सूचना झुटो’
-
बैंकर्सलाई गभर्नरको सहानुभूतिपूर्ण सन्देश, ‘हिजो ध्यान दिएको भए आजको अवस्था आउँदैनथ्यो’
-
धनगढीमा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने